प्रधानमन्त्री ओली अस्पतालबाट डिस्चार्ज, शुक्रबार स्वदेश फर्किने « Khabarhub

प्रधानमन्त्री ओली अस्पतालबाट डिस्चार्ज, शुक्रबार स्वदेश फर्किने


१९ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सिंगापुरमा उपचार गराइरहेका प्रधानमन्त्री केपी शर्मा ओली अस्पतालबाट डिस्चार्ज भएका छन् ।

प्रधानमन्त्रीका जनसम्पर्क सल्लाहकार अच्यूत मैनालीका अनुसार प्रधानमन्त्री ओलीलाई बिहीबार अस्पतालले डिस्चार्ज गरेको हो ।

प्रधानमन्त्री ओलीको बिहीबार नै सातौं पटकको प्लाज्मा फेरेसिस  गरिएको हो । जनसम्पर्क सल्लाहकार मैनालीले भने,  ‘प्रधानमन्त्रीको प्लाज्मा फेरेसिस सकिएसँगै  शुक्रबार उहाँ स्वदेश फर्किनु हुनेछ।’

यसअघि सातौं पटकको प्लाज्मा फेरेसिस बुधबार गर्ने भनिए पनि प्रधानमन्त्री ओलीका टाउको दुखेपछि प्लाज्मा फेरेसिस हुन सकेको थिएन ।

प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव इन्द्र भण्डारीका अनुसार प्रधानमन्त्रीको टाउको दुख्ने समस्या केही कम भएपछि बुधबार नभएको प्लाज्मा फेरेसिस बिहीबार गरिएको हो ।

आइतबार नेपाल आउन लागेका चीनका विदेशमन्त्री वाङ यीको भ्रमणका कारण पनि प्रधानमन्त्री ओली ‘हतार’ गरेरै स्वदेश फर्किन लागेका छन् ।

‘राष्ट्रपति सी (चिनियाँ राष्ट्रपति सी चिनफिङ)को संभावित नेपाल भ्रमणबारे महत्वपूर्ण तयारी गर्ने भनेर विदेशमन्त्री यी पनि नेपाल भ्रमणमा आउँदै हुनुहुन्छ । सोही विषयमा आवश्यक छलफल र तयारीका लागि प्रधानमन्त्रीले स्वदेशमा हुनु पनि जरुरी नै भइहाल्यो,’ प्रधानमन्त्री निकट स्रोतले खबरहबसँग भन्यो, ‘चिनियाँ विदेशमन्त्री यीको भ्रमणका कारण पनि प्रधानमन्त्री एक दिन अगाडि नै स्वदेश फर्किन लाग्नुभएको हो ।’

यसअघि ओली शनिबार मात्रै स्वदेश फर्किने गरी तयारी गरिएको थियो ।

शरीरमा एन्टिबडीको मात्रा बढ्दै गएपछि उपचारका लागि प्रधानमन्त्री ओली भदौ ५ गते सिंगापुर प्रस्थान गरेका थिए । प्रधानमन्त्री ओलीको शरीरमा भएको एन्टिबडीलाई निस्काशन गर्न ७ पटक प्लाज्मा फेरेसिसस गर्न आवश्यक भएको चिकित्सकले बताएका थिए ।

प्रकाशित मिति : १९ भाद्र २०७६, बिहीबार  ६ : २२ बजे

बलिउड स्टार गोविन्दाले मनाए ६२औँ जन्मदिन

काठमाडौं– नाइन्टिज़का आइकनिक बलिउड स्टार गोविन्दा आज आफ्नो ६२औँ जन्मदिन

सरकारको औचित्य सकिएको घोषणा गर्दै मिराजले प्रधानमन्त्री कार्कीमाथि लगाए १७ गम्भीर आरोप

काठमाडौं- जेन-जी आन्दोलनका एकजना अगुवा मिराज ढुंगानाले भदौ २३ र

बागमतीमा तैरिने फोहर पदार्थ सङ्कलन गर्न ‘ट्रास बेरियर’

काठमाडौं-  सहरी विकास मन्त्रालयअन्तर्गतको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले

कञ्चनपुर कारागारको घटना छानबिन गर्न समिति गठन

महेन्द्रनगर– दुई दिनअघि कञ्चनपुर कारागारभित्र कैदीबन्दी र नाइकेबीच भएको झडप

तिला लघुजलविद्युत् आयोजनाका उपकरण अलपत्र

जुम्ला– जिल्लाको तिला गाउँपालिका-२ स्थित तिला लघुजलविद्युत् आयोजनाका करोडौँ मूल्यका