खानेपानीमन्त्री भन्छन्- हरेक नागरिकको घरमा शुद्ध खानेपानीसहित नलको व्यवस्था गर्छु « Khabarhub

खानेपानीमन्त्री भन्छन्- हरेक नागरिकको घरमा शुद्ध खानेपानीसहित नलको व्यवस्था गर्छु


१९ पुस २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

बारा– खानेपानीमन्त्री प्रदीप यादवले बारा जिल्लाका हरेक नागरिकको घर घरमा शुद्ध खानेपानीसहितको नलको व्यवस्था गरिने बताएका छन् ।

आज नेपाल खानेपानी संस्थान, शाखा कार्यालय कलैया बाराको आयोजनामा कलैया उप–महानगरपालिका स्थित मानमत–कलैया–मटिअर्वा सडक खण्डमा जोडिने त्रिचन्द्र स्कूलदेखि भतौडा पोखरी (तीन दशमलव ४ किमी) नयाँ खानेपानी पाइपलाइन विस्तार परियोजनाको शिलान्यास गर्दै मन्त्री यादवले सो कुरा बताएका हुन्  ।

उनले भने, ‘बारा जिल्लामा घाम पानीले क्षति पुर्‍याएका खानेपानीका सबै टङ्कीहरु मर्मतका लागि आगामी आर्थिक वर्षमा बजेट विनियोजन गरी यहाँका नागरिकलाई शुद्ध खानेपानी वितरण गर्ने म बचन दिन चाहन्छु ।’

सोही कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले पछिल्लो समय चुरे दोहान, जङ्गल फडानी गर्ने कार्य बढेको तथा जलवायु परिवर्तनका कारण तराइका विभिन्न क्षेत्रमा रहेका भूमिगत खानेपानी सहित चापाकलहरु सुक्दै गएकाले आगामी दिनमा तराइका क्षेत्रमा पानीको निकै समस्या उत्पन्न हुने अवस्था सृजना भएको बताए । 

‘विगतमा दुई सय ५० फिटमा चापाकलमा पानी आउँथ्यो, चुरे दोहन, जङ्गल फडानी तथा जलवायु परिवर्तनका कारण तीन सय फिटमा पनि आउन छोडेको छ’, उनले भने, ‘शुद्ध खानेपानीका लागि ठोस पहल नचाले तराईमा पानीको निकै हाहाकार हुने सम्भावना छ । सरकार हरेक नागरिकको पहुँचमा शुद्ध खानेपानी पुर्‍याउनका लागि कटिबद्ध रहेको छ ।’

बाराको सिस्वा गाउँवासी एवं आसपासका क्षेत्रका लागि खानेपानी आयोजना निर्माण गर्न आगामी महिना रु १४ करोडको टेण्डर आह्वान गर्ने कार्य योजना रहेकोसमेत मन्त्री यादवले विश्वास दिलाए । 

उनले भने, ‘म खानेपानी मन्त्री हुँ । मेरो काम नागरिकलाई शुद्ध पानी खुवाउनु हो । मेरो कार्यकालमा सबै नागरिकलाई शुद्ध अनि स्वच्छ खानेपानीको पहुँचमा पुर्‍याउने छु ।’

आम नेपाली नागरिकलाई शुद्ध पानी प्रदान गर्ने उद्देश्यले सञ्चालनमा रहेका खानेपानी मन्त्रालय मातहतका सबै खानेपानी आयोजनाहरूको नतिजा देखिने गरी काम गरी काम भइरहेको समेत मन्त्री यादवले जानकारी दिए ।

प्रकाशित मिति : १९ पुस २०८१, शुक्रबार  २ : ३५ बजे

हर्क भन्छन्- सरकारलाई जवाफदेही बनाउन पाँचै वर्ष विरोध गर्छौँ, निलम्बन हुन तयार छौँ

काठमाडौं– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकारलाई सदनप्रति जवाफदेही

इरानको कडा चेतावनी : फेरि आक्रमण भए मध्यपूर्वमा अझै तनाव फैलिने

तेहरान – इरानको इस्लामिक रिभोलुसनरी  गार्ड्स (आईआरजीसी)ले अमेरिका र इजरायलले पुनः

क्यालिफोर्नियामा भीषण आगलागी, १७ हजार विस्थापित

एजेन्सी– दक्षिणी क्यालिफोर्नियामा फैलिएको भीषण डढेलोका कारण १७ हजारभन्दा बढी

वर्षमानले भने- सत्तापक्षका सांसद निरीहजस्तो देखिए, आफ्नो क्षेत्रका विषय उठाउन सकेनन्

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका नेता वर्षमान पुनले सत्तापक्ष दलका सांसदहरू

कृषि क्षेत्रमा बजेट बढ्दो, उत्पादन घट्दो

काठमाडौं– पछिल्ला एक दशकमा कृषि क्षेत्रमा लगानी र उत्पादनबीचको अन्तर