यू-१९ एसिया कप क्रिकेटः भारतको विजयी शुरुवात | Khabarhub Khabarhub

यू-१९ एसिया कप क्रिकेटः भारतको विजयी शुरुवात


१९ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- श्रीलंकामा बिहीबारबाट शुरु भएको एसीसी यू-१९ एसिया कप क्रिकेटमा भारतले विजयी सुरुवात गरेको छ ।

भारतले कुवेतलाई डिएल पद्दतिको आधारमा ७ विकेटले पराजित गर्दै विजयी शुरुवात गरेको हो ।

कुवेतले दिएको १ सय ११ रनको लक्ष्य भारतले १९ ओभर १ बलमा मात्र ३ विकेट गुमाएर पुरा गर्यो । भारतको जितमा अर्जुन आजदले अविजित रहदै ६० रनको अर्धशतकीय इनिङ्स खेले ।

यसअघि वर्षाको कारण २३ ओभरमा झारिएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको कुवेतले पुरै ओभरमा ७ विकेट गुमाएर १ सय १० रन बनाएको थियो । कुवेतका लागि मिट भाबसरले सर्वाधिक २८ तथा गोकुल कुमारले २५ रन बनाएका थिए ।

भारतका आकाश सिंह र पूर्णक त्यागीले ३-३ विकेट लिए ।जितसँगै समूह ‘ए’ मा रहेका भारतले २ अंक जोडेको छ ।

प्रकाशित मिति : १९ भाद्र २०७६, बिहीबार  ७ : ०४ बजे

मनाङ प्रदेशसभामा उपनिर्वाचनका लागि सर्वोच्चले खोलिदियो बाटो

काठमाडौँ- मनाङ प्रदेशसभा क्षेत्र नं. २ मा आगामी कात्तिक १७

वीरगञ्जमा फैलिएको हैजा नियन्त्रणका लागि सुरक्षा निकायले समन्वय गर्ने

जनकपुर– वीरगञ्जमा फैलिएको हैजा नियन्त्रणका लागि सुरक्षा निकायले समन्वय तथा

पशुपतिनाथमा तीजको तयारी पूरा

काठमाडौं– हरितालिका (तीज) पर्वमा पशुपतिनाथ दर्शनका लागि सबै तयारी पूरा

सुरक्षा निकायका कार्यालयहरूलाई २६ थान सवारिसाधन वितरण

महेन्द्रनगर– मधेस प्रदेश सरकार गृह, सञ्चार तथा कानुन मन्त्रालयले प्रदेशस्थित

भियतनामी उपराष्ट्रपति पुगिन् पाटन दरबार स्क्वायर (तस्बिरहरू)

ललितपुर- नेपालको तीन दिने औपचारिक भ्रमणमा रहेकी  भियतनामका उपराष्ट्रपति वो