कृषिबाट आयआर्जन गर्दै महिला « Khabarhub

कृषिबाट आयआर्जन गर्दै महिला


२० पुस २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

राजविराज– सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिका–२ भुरकीका दलित महिला खेतीपाती कुखुरा र हाँस पालेर आयआर्जन गर्दै आएका छन् ।

सशिया महाराज दलित महिला कृषक समूहमा आबद्ध २७ जना दलित महिलालाई हाँस पालन गर्न राष्ट्रिय कृषक समूह महासङ्घ नेपालले सहयोग गरेको छ । 

समूहका अध्यक्ष श्रीकुमारी मण्डलले हाँस कुखुरा पालनसँगै हरिया सागसब्जी, काउली, प्याज, लसुन, आलु, गोलभेँडा खेतीमा दलित महिलाहरूलाई उत्प्रेरित गरिरहेको बताइन्। 

समूहका महिलाले ३० कठ्ठा जग्गामा काउली, आलु, भण्टा, मुला, राय साग, धनियाँसहितका तरकारी लगाएका छन् । साथै उनीहरूले करेसाबारीमा बेमौसी लिची, नैवा, कागती रोपेका छन्भने  हाँस, कुखुरा पालेर अण्डा र मासुको आपूर्ति पनि गरिरहेका छन् । केहीले बाख्रा पालन पनि थालेका छन् । 

राष्ट्रिय कृषक समूह महासङ्घले कृषिऔजार, वीउबिजन  प्रदान गरेको छ । समूहका प्रत्येक सदस्यमा १५ हजार लगानी भएको महासङ्घका अध्यक्ष दीपककुमार ठाकुरले बताए। 

महासङ्घले समय–समयमा महिला तथा पुरुषलाई मल बनाउने तालिम पनि दिँदै आएको छ ।  करेला, बोडी, सिमी, फर्सी, भिण्डीको वीउ पनि प्रदान गरेर दलित महिलाका आयआर्जनमा महासङ्घले सहयोग गर्दै आएको छ ।     

प्रकाशित मिति : २० पुस २०८१, शनिबार  २ : २७ बजे

कृषिकर्ममा रमाउँछन् बलिउड स्टार

दिनभरि क्यामेराको फ्ल्यास, रेड कार्पेटको चमकदमक र लाखौँ फ्यानको नजरबीच

ह्वाइट हाउस बाहिर गोलाबारी, सुरक्षाकर्मीको कारबाहीमा बन्दुकधारी मारिए

वासिङ्टन – अमेरिकाको राष्ट्रपतीय निवास ह्वाइट हाउस बाहिर अन्धाधुन्ध गोली

जानकी गाउँपालिकालाई एक बिघा १० कट्ठा जमिन दान

कैलाली– कैलालीको जानकी गाउँपालिकाले स्थापना भएको एक दशकपछि प्रशासनिक भवन

कोटा प्रणालीअनुसार किसानलाई मल बिक्री–वितरण

कञ्चनपुर– धान खेतीको मुख्य ‘याम’ नजिकिँदै गर्दा कृषि सामग्री कम्पनी

लुम्बिनी प्रदेशसभा बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची

लुम्बिनी– लुम्बिनी प्रदेशसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १