‘वर्तमान सरकारको पहिलो ‘एजेन्डा’ संविधानमा सुधार’ « Khabarhub

‘वर्तमान सरकारको पहिलो ‘एजेन्डा’ संविधानमा सुधार’


२० पुस २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

दमक– नेपाली कांग्रेस कोशी प्रदेशका सभापति एवं पूर्वमुख्यमन्त्री उद्धव थापाले वर्तमान सरकारको पहिलो ‘एजेन्डा’ संविधानमा सुधार रहेको बताएका छन् ।

पार्टीको सय दिने विशेष सांगठनिक अभियानअन्तर्गत आज झापा क्षेत्र नं ५ ले आयोजना गरेको कार्यक्रममा उनले समानुपातिक व्यवस्थाको मर्म नमर्ने गरी राजनीतिक स्थायित्वका सवाल संविधान संशोधनको मुद्दा बन्ने बताए । 

सभापति थापाले राष्ट्रिय राजनीतिमा नेपाली कांग्रेसले निर्वाह गरिरहेको अभिभावकीय भूमिकालाई थप सशक्त बनाउन हाल सञ्चालित अभियानले थप योगदान दिने बताए ।

कोशी प्रदेशले यही पुस २४ गतेदेखि कचनकवलबाट सोलुखुम्बुस्थित सगरमाथाको फेदीसम्म सञ्चालन गर्ने पदयात्राले तराईदेखि हिमालसम्मका नागरिकहरुलाई पार्टीमा जोड्न र नयाँ ऊर्जा भर्ने विश्वास व्यक्त गरे । 

‘पार्टीले सुरु गरेको यस अभियानका क्रममा चौध जिल्लाको सांगठनिक अवस्था, जनप्रतिनिधिको भूमिका, कांग्रेस सरकारमा रहँदा ल्याइएका गौरवका योजना, पार्टीका अग्रज एवं सहिद परिवारको राजनीतिक योगदान र पारिवारिक अवस्थालगायत विषयमा अन्तरक्रिया हुने भएकाले पनि यसले पार्टीमा ऊर्जा थप्नेछ’ उनले भने, ‘यो अभियान सात महिनापछि सगरमाथाको कालापत्थरमा जलवायु परिवर्तनसम्बन्धी विभिन्न सात राष्ट्रका विज्ञहरू राखेर छलफल गरेर समापन हुनेछ ।’

क्षेत्रीय सभापति ढुण्डिराज भण्डारीको सभापतित्वमा आयोजित कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य महेन्द्रकुमारी लिम्बू, पूर्वआमन्त्रित केन्द्रीय सदस्य दिलीप राई, झापाका पार्टी सभापति देउकुमार थेवे, उपसभापति केशव पाण्डेलगायतले सम्बोधन गरेका छन् ।

प्रकाशित मिति : २० पुस २०८१, शनिबार  ७ : ०३ बजे

कृषिकर्ममा रमाउँछन् बलिउड स्टार

दिनभरि क्यामेराको फ्ल्यास, रेड कार्पेटको चमकदमक र लाखौँ फ्यानको नजरबीच

ह्वाइट हाउस बाहिर गोलाबारी, सुरक्षाकर्मीको कारबाहीमा बन्दुकधारी मारिए

वासिङ्टन – अमेरिकाको राष्ट्रपतीय निवास ह्वाइट हाउस बाहिर अन्धाधुन्ध गोली

जानकी गाउँपालिकालाई एक बिघा १० कट्ठा जमिन दान

कैलाली– कैलालीको जानकी गाउँपालिकाले स्थापना भएको एक दशकपछि प्रशासनिक भवन

कोटा प्रणालीअनुसार किसानलाई मल बिक्री–वितरण

कञ्चनपुर– धान खेतीको मुख्य ‘याम’ नजिकिँदै गर्दा कृषि सामग्री कम्पनी

लुम्बिनी प्रदेशसभा बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची

लुम्बिनी– लुम्बिनी प्रदेशसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १