शीतलहर पीडितलाई सेनाको सहयोग | Khabarhub Khabarhub

शीतलहर पीडितलाई सेनाको सहयोग


२१ पुस २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


294
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– मुटु कमाउने जाडोबीच लुगा नभएर कष्ट झेल्दै आएका महोत्तरीको मटिहानी–४ र ९ का दलित परिवारले नेपाली सेनाको सहयोगले न्यानो ओढ्ने पाएका छन् ।

दुवै बस्तीका एक सय २३ परिवारलाई सेनाको परिकौली (महोत्तरी) स्थित गोरखनाथ गण ब्यारेकले ओढ्ने मण्डी (ऊनी कम्बल) शनिबार वितरण गरेको हो । शीतलहरको यो राहत पाउने उनीहरु अतिविपन्न मुसहर र डोम समुदायका परिवार हुन् ।

मटिहानी–८ स्थित श्रीराम माध्यमिक विद्यालय परिसरमा आयोजित कार्यक्रममा गोरखनाथ गणका गणपति प्रमुख सेनानी विनोदविकास पाठक, मटिहानीका नगरप्रमुख हरिप्रसाद मण्डल र सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेले सेनाप्रदत्त कम्बल मुसहर र डोम परिवारलाई प्रदान गरेका हुन् ।

जिल्लामा नेपाली सेनाले प्रत्येक वर्षजसो शीतलहर प्रभावित बस्तीका अतिविपन्न परिवारलाई कम्बल वितरण, चोकचोकमा आगो बाल्ने र बटुवालाई तातो चिया खुवाउने कार्य गर्दै आएको छ । जनताको दुःखमा एकाकार हुन गरिब बस्तीमा कम्बल वितरण गरिएको गणपति प्रमुख सेनानी पाठकको भनाइ छ ।

सेनाले जाडोमा सहयोगका लागि अतिविपन्न बस्तीका दलित परिवार छानेर प्रशंसनीय कार्य गरेको मटिहानी नगरप्रमुख मण्डलले बताए । शीतलहर प्रभावितलाई न्यानो वितरण गर्ने समारोहमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका अधिकृत, नगरका जनप्रतिनिधि र सामाजिक सङ्घसंस्थाका प्रतिनिधिको उपस्थिति थियो । महोत्तरीका सुदूरदक्षिण र मध्यभेगमा पुस तेस्रो साता सुरु भएदेखि नै बाक्लो हुस्सुले ढाकेर चिसो स्याँठ बहने क्रमले सर्वसाधारण अत्यन्त कष्टकर अवस्थामा छन् । यो अवस्थामा सेनाले सराहनीय कार्य गरेको मटिहानी–७ का ९० वर्षीय विन्देश्वरीप्रसाद मण्डलले बताए ।

प्रकाशित मिति : २१ पुस २०८१, आइतबार  ८ : ४४ बजे

मौरीपालनबाट वार्षिक १५ लाख कमाउँदै ७३ वर्षीय टीकाराम

पर्वत– उमेरले ७३ वर्ष पार गरे पनि जोशजाँगर भने लक्काजवानको भन्दा

चन्द्र भण्डारी भन्छन्- कांग्रेसले महाधिवेशनबाट भाग्न मिल्दैन

काठमाडौं– कांग्रेस नेता डा. चन्द्र भण्डारीले जेन-जी आन्दोलनपछि उत्पन्न जटिल

तोलामा १ हजार १ सय रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं– स्थानीय बजारमा बुधबार सुनको मूल्य केही घटेको छ ।

भयानकै होला भनेको यात्रा समाप्त भयो : रामकुमारी

काठमाडौं – नेकपा (एकीकृत समाजवादी) नेतृ रामकुमारी झाँक्रीले भयानक होला

किसान श्रेष्ठ भन्छन्– ‘हामीलाई केही चाहिँदैन, पुरानो घर एमाले फर्किन्छौँ’ 

काठमाडौं– नेकपा एकीकृत समाजवादी केन्द्रका नेता किसान श्रेष्ठले आफूहरू नेकपा