दश महिनापछि एमाले केन्द्रीय कमिटी बैठक (तस्बिरहरू) | Khabarhub Khabarhub

दश महिनापछि एमाले केन्द्रीय कमिटी बैठक (तस्बिरहरू)


२१ पुस २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रमुख सत्तारुढ नेकपा एमाले केन्द्रीय कमिटीको आठौं बैठक ललितपुरको च्यासलमा सुरु भएको छ ।

यो बैठक १० महिना लामो प्रतिक्षापछि बसेको हो । २०८० फागुनपछि पहिलो पटक केन्द्रीय कमिटी बैठक राखिएको हो ।

यो दश महिनाको अवधिमा एमाले एक पटक सत्ता साझेदारको भूमिकामा थियो भने अहिले सत्ताको नेतृत्व गरिरहेको छ ।

अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नेतृत्व गर्नुपरेका कारण बैठक लामो समय बस्न नसकेको बताएका छन् ।

एमालेको विधानमा हरेक ६/६ महिनामा केन्द्रीय कमिटी बैठक बस्नुपर्ने प्रावधान छ । तर एमालेले केन्द्रीय कमिटीको काम सचिवालय बैठकबाटै चलाउँदै आएको थियो । यो केन्द्रीय कमिटी बैठकमा ओलीले राजनीतिक प्रतिवेदन पनि पेश गर्दैछन् ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी र प्रधानमन्त्रीको सचिवालय

प्रकाशित मिति : २१ पुस २०८१, आइतबार  १२ : ३५ बजे

मौरीपालनबाट वार्षिक १५ लाख कमाउँदै ७३ वर्षीय टीकाराम

पर्वत– उमेरले ७३ वर्ष पार गरे पनि जोशजाँगर भने लक्काजवानको भन्दा

चन्द्र भण्डारी भन्छन्- कांग्रेसले महाधिवेशनबाट भाग्न मिल्दैन

काठमाडौं– कांग्रेस नेता डा. चन्द्र भण्डारीले जेन-जी आन्दोलनपछि उत्पन्न जटिल

तोलामा १ हजार १ सय रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं– स्थानीय बजारमा बुधबार सुनको मूल्य केही घटेको छ ।

भयानकै होला भनेको यात्रा समाप्त भयो : रामकुमारी

काठमाडौं – नेकपा (एकीकृत समाजवादी) नेतृ रामकुमारी झाँक्रीले भयानक होला

किसान श्रेष्ठ भन्छन्– ‘हामीलाई केही चाहिँदैन, पुरानो घर एमाले फर्किन्छौँ’ 

काठमाडौं– नेकपा एकीकृत समाजवादी केन्द्रका नेता किसान श्रेष्ठले आफूहरू नेकपा