गहुँ निर्यातमा लगाएको प्रतिबन्ध नेपालका लागि खुलायो भारतले « Khabarhub

गहुँ निर्यातमा लगाएको प्रतिबन्ध नेपालका लागि खुलायो भारतले


२१ पुस २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- दक्षिणी छिमेकी भारतले गहुँ निर्यातमा लगाएको प्रतिबन्ध नेपालका लागि हटाएको छ ।

यससँगै भारतले नेपालका लागि दुई लाख टन गहुँ निर्यात अनुमति पनि दिएको छ । विश्वका प्रमुख गहुँ निर्यातक रूस र युक्रेनबीच युद्ध भएपछि संसारभर गहुँको मूल्य आकाशिएको थियो ।

भारतका लागि नेपाली राजदूत डा. शंकर शर्माले राष्ट्रिय सहकारी निर्यात लिमिटेडमार्फत् नेपाललाई गहुँ दिन सहमति जनाएको जानकारी दिएका छन्।

‘भारतले गहुँ निर्यातमा लगाएको प्रतिबन्ध नेपालका लागि फुकुवा गरेको छ । नेपाल सरकार को अनुरोधमा भारतले दुई लाख टन गहुँ निर्यात अनुमति दिएको हो,’ शर्माले एक्समा लेखेका छन् ।

भारत सरकारले सन् २०२२ देखि गहुँ निर्यातमा प्रतिबन्ध लगाएको छ । गहुँ र आटाको मूल्यवृद्धि रोक्न र खाद्य सुरक्षा बलियो बनाउन भारतले गहुँ निर्यातमा प्रतिबन्ध लगाएएको थियो।

प्रतिबन्धबीच यसपहिले पनि भारतले नेपाललाई कोटासहित गहुँ खुलाइदिएको थियो । भारतले यसअघि सन् २०२३ मार्चसम्म ५० हजार टन गहुँ नेपाल पठाउने अनुमति दिएको थियो।

नेपालको उत्पादनले मात्रै बजारमा गहुँको माग नधानेपछि आयात गर्नुपर्छ । नेपालमा २१ लाख टन गहुँ उत्पादन भइरहेको तथ्यांक कृषि तथा पशुपन्छी विकास मन्त्रालयसँग छ ।

प्रकाशित मिति : २१ पुस २०८१, आइतबार  १ : ५९ बजे

झापाको अर्जुनधारामा धनीपुर्जा वितरणको तयारी

भद्रपुर– यहाँको अर्जुनधारा नगरपालिकामा भूमिहीन सुकुम्वासी, भूमिहीन दलित तथा अव्यवस्थित

कोरियाली राजदूतद्वारा परराष्ट्र सचिवसँग बिदाइ भेट

काठमाडौं– नेपालका लागि गणतन्त्र कोरियाका राजदूत तेयोङ पार्कले परराष्ट्र सचिव

काठमाडौंका सडकमा असरल्ल तार (तस्बिरहरू)

काठमाडौं– काठमाडौँका बजार क्षेत्र टेलिफोन, इन्टरनेट र बिजुलीका अव्यवस्थित तारले

दुई सय सात किलो गाँजासहित एकजना पक्राउ

काठमाडौं– नियमित गस्तीमा रहेको प्रहरीले टोलीले पर्साको बिन्दवासिनी गाउँपालिका–५ बाट

युरोपमा ‘नेपाल टेक रोडशो २०२६’ आयोजना हुँदै, नेपाली आईटी कम्पनीलाई विश्व बजारसँग जोड्ने लक्ष्य

काठमाडौं– नेपाल एसोसिएसन फर सफ्टवेयर एन्ड आईटी सर्भिसेस कम्पनीज् (नास