क्षतिको मूल्यांकन र पुनः निर्माण तीव्र रूपमा अगाडि बढ्छ : गृहमन्त्री | Khabarhub Khabarhub

क्षतिको मूल्यांकन र पुनः निर्माण तीव्र रूपमा अगाडि बढ्छ : गृहमन्त्री


२१ पुस २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गृहमन्त्री रमेश लेखकले भूकम्प र बाढीपहिरोबाट क्षतिग्रस्त भौतिक संरचनाको पुनः निर्माण तीव्र गतिमा अघि बढेको बताएका छन्  । 

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको २८औँ बैठकमा गृहमन्त्री लेखकले विपद्बाट भएको क्षतिको मूल्यांकन र पुनः निर्माण तीव्र रूपमा अगाडि बढ्ने बताएका हुन् ।

‘डोटी, बाजुरा, बझाङ र जाजरकोटको भूकम्प तथा बाढी पहिरोले उत्पन्न विपद्बाट भएको क्षतिबारे विपद् क्षतिको मूल्याङ्कन (डिडिए)को काम सुरु गर्ने र डिडिए भइसकेको ठाउँमा पुनः निर्माणको अगाडि बढाउने आजको बैठकले निर्णय गरेको छ’, उनले भने ।

विपद् क्षतिको मूल्यांकन भइसकेको ठाउँमा पुनः निर्माणका लागि आवश्यक कानुनी र आर्थिक विषयमा निर्णय भएको गृहमन्त्री लेखकले बताए । ‘विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनसम्बन्धी मापदण्ड केही समयअघि पारित भइसकेको छ । सोहीसम्बन्धी कार्यविधि आज पारित गरेका छौँ । आगामी माघ तेस्रो साताबाट जाजरकोट भूकम्पको विपद् क्षतिको मूल्याङ्कन सुरु हुनेछ’, उनले भने ।

उक्त निर्णय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्को बैठकमा प्रस्तुत गर्ने उनको भनाइ छ । गृहमन्त्री लेखकका अनुसार आज साँझ ७ बजे प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा प्रधानमन्त्री निवास बालुवाटारमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्को बैठक बस्दै छ । आजको परिषद् बैठकले निर्णय गरिसकेपछि पुनः निर्माणको कामले तीव्रता पाउने मन्त्री लेखकको भनाइ छ ।

प्रकाशित मिति : २१ पुस २०८१, आइतबार  ३ : २४ बजे

वाईफाईबारे विवादमा ८० वर्षीय हजुरबुवाको हत्या, समातिए नाति-नातिनी

पर्सा- पर्सामा हजुरबुवाको हत्या गरेको आरोपमा नाति-नातिनी पक्राउ परेका छन्।

राजदूत तुम्बाहाम्फेद्वारा कोरियाली राष्ट्रपतिसमक्ष ओहदाको प्रमाणपत्र

काठमाडौं- गणतन्त्र कोरियाका लागि नेपाली राजदूत डा. शिवमाया तुम्बाहाम्फेले त्यहाँ

अर्थतन्त्र सुदृढ गर्न नीति र संरचना सुधारमा केन्द्रित : अर्थमन्त्री पौडेल

काठमाडौं– उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालको अर्थतन्त्रलाई सुदृढ गर्न सरकार

होटल ह्यात प्लेस काठमाडौं ‘ह्यात सेन्ट्रिक’ मा रूपान्तरण

काठमाडौं– ह्यात होटल्स कर्पोरेशन र सिटि होटल लिमिटेडले ह्यात प्लेस

बक्यौता रकम भुक्तानी माग्दै प्रधानमन्त्रीकहाँ पुगे निर्माण व्यवसायी

काठमाडौं- नेपाल निर्माण उद्योग परिषद्ले निर्माण क्षेत्रमा देखिएको संकुचन अन्त्यका