नेविसंघ अध्यक्ष शेर्पामाथि छानबिन र कारबाहीको माग गर्दै अनुशासन समितिमा उजुरी | Khabarhub Khabarhub

नेविसंघ अध्यक्ष शेर्पामाथि छानबिन र कारबाहीको माग गर्दै अनुशासन समितिमा उजुरी


२१ पुस २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


177
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घका अध्यक्ष दुजाङ शेर्पमाथि छानबिन गर्न माग गर्दै पार्टी केन्द्रीय अनुशासन समितिमा उजुरी परेको छ । नेविसंघकी नेतृ प्रेमिका रानाको नेतृत्वमा शेर्पमाथि छानबिन गरि आवश्यक कारबाहीको मागसहित उजुरी परेको हो ।

सभापति शेर्पाले विभिन्न क्याम्पसमा केन्द्रीय प्रतिनिधि पठाउँदा वा सङ्गठनका विभिन्न संरचनाका जिम्मेवारी तोक्दा आर्थिक लेनदेन गरेको उनीहरुको अरोप छ । यस्तै जाजरकोटमा आएको भूकम्पबाट क्षतिग्रस्त नलगाड नगरपालिकामा विद्यालय पुनः निर्माणको हिसाब सार्वजनिक नगरेको तथा पैसा उठाएर हिनामिना गरेको समेत उनीहरुले आरोप लगाएका छन् ।

‘काठमाडौं उपत्यका भित्र रहेका निर्वाचित स्ववियू सभापतिहरूलाई केन्द्रीय कार्यालयको भाडा तिर्न रकम देऊ भन्दै दबाब दिने जस्ता अनैतिक गतिविधिले स्वर्णिम इतिहास बोकेको गरिमामय संस्था नेपाल विद्यार्थी सङ्घको साखलाई धमिल्याउन सङ्गठनको नेतृत्व नै लागिपरेको कुरा अवगत गराउँदछौ‚’ उजुरीमा लेखिएको छ ।

वैदेशिक भ्रमणका नाममा नेविसंघ केन्द्रीय सदस्यहरूबाट मोटो रकम असुली गरी गलत जानकारी दिएर ठगी गरेको समेत उजुरीमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : २१ पुस २०८१, आइतबार  ७ : ५१ बजे

मायादेवी मन्दिरमा दोस्रोपटक दान गणना, एक करोड ४३ लाख सङ्कलन

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीस्थित मायादेवी मन्दिरमा राखिएको दानपेटिकाबाट एक करोड

चितवन निकुञ्जले राप्तीमा छाड्यो ४१ गोही

चितवन – चितवन राष्ट्रिय निकुञ्जले घडियाल गोही प्रजनन केन्द्रमा हुर्काइएका

आइएमएफ मिसन टोलीलाई अर्थमन्त्रीले भने – ‘नीति र संरचना सुधारमा केन्द्रित छु’

काठमाडौं – उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालको अर्थतन्त्रलाई सुदृढ

डोटीको जङ्गलमा महिलाको शव भेटियो, बाजुरामा भालुको आक्रमणबाट एकजना घाइते

धनगढी- डोटीको जङ्गलमा एकजना महिलाको शव भेटिएको छ । केआईसिंह

एमाले बैठकमा सहभागी लेखराजले जब एमाले छाडेको खबर सुने…

काठमाडौं- नेकपा एमालेका सचिव लेखराज भट्ट लगायतले एमाले छाडेको भनेर