३० राज्यका ६ करोड अमेरिकी आँधीको जोखिममा | Khabarhub Khabarhub

३० राज्यका ६ करोड अमेरिकी आँधीको जोखिममा


२२ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


399
Shares
  • change font
  • change font
  • change font

न्युयोर्क – अमेरिकामा लाखौँ अमेरिकीहरू अहिले ठुलो चिसो हावा र आधीका कारण सङ्कटमा छन्। ३० राज्यका ६ करोड भन्दा बढी व्यक्ति यस आँधीको चपेटामा छन्। यसले दशकमा नै सबैभन्दा कम तापक्रम हुनुका साथै हिमपातको समेत समस्या हुनसक्ने छ। यसै कारण धेरै उडानहरू भङ्ग भएका छन्। साथमा विद्यालय बन्द गरिएका छन्।

अमेरिकाको मध्यबाट सो आँधी नै पूर्वतर्फ जाने राष्ट्रिय मौसम सेवाले जानकारी दिएको छ। अमेरिकाको केन्टुकी, भर्जिनिया, कानास, ओरान्कास र मिसाउरीमा आपतकाल घोषणा गरेको छ।

यसैगरी, न्युजर्सीका केही स्थानमा पनि आपत्काल घोषणा गरिएको छ। अमेरिकामा ४६ विमान स्थलमा सतर्कता अपनाउन सूचित गरिएको छ। अहिले धेरै एयरलाइन्सले टिकट भङ्ग गर्दै फेरि अर्को दिनका लागि टिकट दिने जनाएका छन्। जाडो यामको हावा गइरहेको समयमा लोआमा त माइनस २९ डिग्री सेल्सियससम्म हुने अनुमान गरिएको छ।

कानास र मिसाउरीमा आइतबार साँझ नौ इन्चसम्म हिउँ जम्मा भएको छ। कानासमा सबै भन्दा धेरै हिउँ परेको छ। रातभरमा अवस्था अझ खराब हुन सक्ने जनाइएको छ। बाल्टिमोरमा समेत यसले धेरै प्रभाव पार्न सक्ने अनुमान गरिएको छ।

प्रकाशित मिति : २२ पुस २०८१, सोमबार  ८ : १८ बजे

बढ्दै डेंगी सङ्क्रमण, सावधानी नअपनाए महामारी फैलिने चेतावनी

काठमाडौं – गर्मी मौसम तथा वर्षायाममा देखिने डेंगी केही वर्षयता

अमेरिकामा बाढीले १३ जनाको मृत्यु

टेक्सस – अमेरिकाको टेक्सस सहरमा आएको बाढीका कारण १३ जनाको

१७ वर्षपछि एकै फिल्ममा काम गर्दै अक्षय र सैफ

काठमाडौं – बलिउडका दुई नायक अक्षय कुमार र सैफ अली

पाँच प्रदेशमा धेरै ठूलो वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

विराट र रोहितपछि भारतको क्रिकेटमा शुभमन र वैभवको चमक

भारतीय क्रिकेट समर्थकका माझ एउटा प्रश्न तेर्सिएको थियो। एकै पटक