३० राज्यका ६ करोड अमेरिकी आँधीको जोखिममा « Khabarhub

३० राज्यका ६ करोड अमेरिकी आँधीको जोखिममा


२२ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


399
Shares
  • change font
  • change font
  • change font

न्युयोर्क – अमेरिकामा लाखौँ अमेरिकीहरू अहिले ठुलो चिसो हावा र आधीका कारण सङ्कटमा छन्। ३० राज्यका ६ करोड भन्दा बढी व्यक्ति यस आँधीको चपेटामा छन्। यसले दशकमा नै सबैभन्दा कम तापक्रम हुनुका साथै हिमपातको समेत समस्या हुनसक्ने छ। यसै कारण धेरै उडानहरू भङ्ग भएका छन्। साथमा विद्यालय बन्द गरिएका छन्।

अमेरिकाको मध्यबाट सो आँधी नै पूर्वतर्फ जाने राष्ट्रिय मौसम सेवाले जानकारी दिएको छ। अमेरिकाको केन्टुकी, भर्जिनिया, कानास, ओरान्कास र मिसाउरीमा आपतकाल घोषणा गरेको छ।

यसैगरी, न्युजर्सीका केही स्थानमा पनि आपत्काल घोषणा गरिएको छ। अमेरिकामा ४६ विमान स्थलमा सतर्कता अपनाउन सूचित गरिएको छ। अहिले धेरै एयरलाइन्सले टिकट भङ्ग गर्दै फेरि अर्को दिनका लागि टिकट दिने जनाएका छन्। जाडो यामको हावा गइरहेको समयमा लोआमा त माइनस २९ डिग्री सेल्सियससम्म हुने अनुमान गरिएको छ।

कानास र मिसाउरीमा आइतबार साँझ नौ इन्चसम्म हिउँ जम्मा भएको छ। कानासमा सबै भन्दा धेरै हिउँ परेको छ। रातभरमा अवस्था अझ खराब हुन सक्ने जनाइएको छ। बाल्टिमोरमा समेत यसले धेरै प्रभाव पार्न सक्ने अनुमान गरिएको छ।

प्रकाशित मिति : २२ पुस २०८१, सोमबार  ८ : १८ बजे

बदनाम गर्न मविरुद्ध संगठित रूपमै अफवाह फैलाइयो : अर्थमन्त्री वाग्ले

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आफूविरुद्ध संगठित रूपमा अफवाह

एसीसी महिला प्रिमियर कपमा थाइल्यान्डले नेपाललाई दियो १३१ रनको चुनौती

काठमाडौँ – मलेसियामा जारी एसीसी महिला प्रिमियर कपमा थाइल्यान्डले नेपाललाई

सुकुम्वासीको नयाँ सङ्कट: आश्रयस्थलमा बढ्दै लागुऔषध दुर्व्यसनी

काठमाडौँ – थापाथलीस्थित बागमती नदी किनारबाट विस्थापित भई कीर्तिपुरको राधास्वामीस्थित

वसन्त ऋतुको हिमाल आरोहण सकियो, एक अर्ब २६ करोड राजस्व सङ्कलन

काठमाडौँ– सन् २०२६ को वसन्त ऋतुमा विश्वको सर्वोच्च शिखर सगरमाथासहित

०८३ को सुरुवात : दयनीय बक्स अफिस कलेक्सन

काठमाडौँ- ०८३ सालको सुरुवाती दुई महिना नबित्दै ११ वटा फिल्म