बंगलादेशमा हसिना शासनकालका पूर्वप्रहरी महानिरीक्षक पक्राउ « Khabarhub

बंगलादेशमा हसिना शासनकालका पूर्वप्रहरी महानिरीक्षक पक्राउ


२२ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


924
Shares
  • change font
  • change font
  • change font

ढाका– शेख हसिना कालका बंगलादेशका पूर्वप्रहरी महानिरीक्षक (आईजीपी) पक्राउ परेका छन् । पूर्व प्रहरी महानिरीक्षक चौधरी अब्दुल्लाह अल मामुनलाई विद्यार्थी आन्दोलनका क्रममा सब्बीर हुसेनको उत्तरा पश्चिम प्रहरी चौकीमा भएको हत्या प्रकरणमा पक्राउ गरिएको हो ।

पक्राउ परेका पूर्व आइजीपी अल मामुनलाई सोमबार बिहान १० बजे ढाकाको महानगरीय मजिस्ट्रेट अदालतमा पेश गरिएको थियो । त्यसपछि मुद्दाका अनुसन्धान अधिकृत अब्दुर रहमान भुइँयाले उनलाई पक्राउ गर्न निवेदन दिएका थिए । तर, मामुनका वकिलहरूले पक्राउको विरोध गरेका छन् । 

सुनुवाइ पछि ढाका महानगरपालिका मजिस्ट्रेट मासुमा रहमानले चौधरी अब्दुल्लाह अल मामुनलाई गिरफ्तार गरेको देखाउनको लागि निवेदन स्वीकार गरेका थिए । उत्तरा पश्चिम प्रहरी थानाका जनरल रेकर्डिङ अफिसर अतिकुर रहमान खानले अदालतमा सो जानकारीको पुष्टि गरेका हुन् ।

उनले भने, ‘डिसेम्बर ३० मा चौधरी अब्दुल्ला अल मामुन, ढाका उत्तरी सहर निगमका पूर्व मेयर अतीकुल इस्लाम र वकिल रोबिनलाई यस मुद्दामा पक्राउका अनुमतिका लागि निवेदन दायर गरिएको थियो तर त्यो दिन चौधरी अब्दुल्ला अल मामुन भेटिएनन् । अदालतमा उपस्थित अन्य दुईलाई सुनुवाइपछि पक्राउ गरिएको र चौधरी अब्दुल्लाह अल मामुनको सम्बन्धमा आजको मिति तोकिएको हो ।’

 सब्बीर हुसेन राजधानीको बायोबिड कम्पनीमा अफिस असिस्टेन्टका रूपमा कार्यरत थिए । विद्यार्थी आन्दोलनका क्रममा उनी गत जुलाइ १८ मा  राजुक बजारको दक्षिणी भागमा रहेको उत्तरा पश्चिम प्रहरी थानाको सेक्टर ७ रवीन्द्र सरानीमा शान्तिपूर्ण विरोध जुलुसमा सामेल भएका थिए । र्‍यालीमा विद्यार्थी, नागरिक र विभिन्न पेशाका व्यक्तिहरूको सहभागिता रहेको थियो ।

त्यसबेला अवामी लिग, युवा लिग र छात्र लिगका सदस्यले प्रदर्शनकारीमाथि गोली प्रहार गरेको बताइएका थिए । सो क्रममा सब्बीरको घाँटीमा गोली लागेको छ ।

लगत्तै २६ वर्षीय अबरार हनिफले उनलाई उत्तरा क्रिसेन्ट अस्पताल पुर्‍याएकामा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । घटनापछि सब्बीरका बुबाले सेप्टेम्बर १९ मा उत्तरा पश्चिम प्रहरी चौकीमा उजुरी दिएका थिए । -न्युजकारखाना

प्रकाशित मिति : २२ पुस २०८१, सोमबार  ३ : ०४ बजे

वाम शक्तिबीच ध्रुवीकरण अहिलेको आवश्यकता हो : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

होटलको चौथो तलाबाट लडेर कामदारको मृत्यु

झापा – मेचीनगर नगरपालिका–१० धुलाबारीमा निर्माणाधीन होटलबाट खसेर आज एक

मन्त्री गुप्ताले भने : अफवाह र अनर्गल आरोपबाट देशको भलो हुँदैन

काठमाडौं – युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले आफ्नो अमेरिका

कांग्रेस विशेष महाधिवेशनमा जुलुसका लागि छ वटा रुट, यस्तो छ तालिका

काठमाडौँ- नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन पुस २७ र २८

एनआरएनएले भन्यो : मन्त्री गुप्तालाई औपचारिक रूपमा नै आमन्त्रण गरिएको हो

काठमाडौं – गैरआवासीय नेपाली संघ (एनआरएनए)ले युवा तथा खेलकुद मन्त्री