चीनले आफ्ना युवालाई राजनीतिक रुपमा उक्साएको भन्दै ताइवानले थाल्यो जाँचबुझ « Khabarhub

चीनले आफ्ना युवालाई राजनीतिक रुपमा उक्साएको भन्दै ताइवानले थाल्यो जाँचबुझ


२१ पुस २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चीनले आफ्ना युवालाई राजनीतिक रुपमा उक्साइरहेको विषय सतहमा आएपछि ताइवानले जाँचबुझ थालेको छ । ताइवानको मुख्यभूमि मामिला मन्त्रालयले यसबारे जाँचबुझ अघि बढाएको हो ।

हालै सार्वजनिक भिडियोमा ताइवानका ¥यापर चेन पो युयान र युट्युबर पा चियुङलाई चिनियाँ कम्युनिष्ट पार्टीका प्रतिनिधिले चिनियाँ राष्ट्रिय परिचयपत्र लिन उक्साइरहेको देख्न सकिन्छ । ताइपेई टाइम्सका अनुसार चीनको यस्तो गतिविधिबाट ताइवानी राष्ट्रिय सुरक्षामा जोखिम उत्पन्न हुने ठूलो सम्भावना रहन्छ ।

भिडियोमा चेन चीनको चुआनचु स्थित ताइवान युवा उद्यम पार्क र सियामेनस्थित स्ट्रेट हेराल्ड क्षेत्रमा घुमफिर गरिरहेका हुन्छन् । त्यहाँ लिन जिङडोङ नाम गरेका चिनियाँ कम्युनिष्ट पार्टीका एक जना प्रतिनिधिले चेनलाई चिनियाँ राष्ट्रिय परिचयपत्र लिन उक्साइरहेको देख्न सकिन्छ ।

चीनमा सम्पत्ति जोड्न र नयाँ व्यवसाय शुरु गर्न सहज हुने भएकाले धेरै ताइवानीले चिनियाँ राष्ट्रिय परिचयपत्र लिने गरेको बताइएको छ । हाल सियामेनमा २ हजारभन्दा धेरै ताइवानीले चिनियाँ राष्ट्रिय परिचयपत्र लिएका छन् ।

चीनको यस्तो गतिविधिलाई ‘संयुक्त मोर्चा’ रणनीति नाम दिइएको छ । यस रणनीतिअनुसार चीनले ताइवानका युवालाई प्रभावित बनाउने र त्यसबाट राजनीतिक लाभ लिने गरेको जनाइएको छ ।

प्रकाशित मिति : २१ पुस २०८१, आइतबार  ३ : २३ बजे

उत्तरी गोरखाका पाँच हजार घरधुरी विद्युतविहीन

गोरखा– उत्तरी गोरखाका करिब पाँच हजार घरधुरी विद्युतविहीन बनेका छन्

एमएडब्ल्यू अर्थमुभर्सद्वारा जेसीबी मेसिन हस्तान्तरण

काठमाडौं– नेपालमा जेसीबीको आधिकारिक विक्रेता एमएडब्ल्यू अर्थमुभर्सले बडा दशैँको पहिलो दिन

कांग्रेस महाधिवेशन : २३ स्थानमा एकसाथ मतगणना, बुधबारसम्ममा नतिजा सार्वजनिक हुने

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिका बाँकी पदको

उदयपुरमा एक हजार ४० केजी गाँजा बरामद

उदयपुर– उदयपुरमा प्रहरीले एकैदिन दुई स्थानबाट एक हजार ४० केजी

दसैँसँगै असन-इन्द्रचोक बजारमा बढ्यो चहलपहल (तस्बिरहरु)

काठमाडौँ– वडा दसैँसँगै काठमाडौँको असन र इन्द्रचोक बजारमा चहलपहल बढेको