भारतका ४ राज्यमा देखियो एचएमपिभी , ८ जना सङ्क्रमित  « Khabarhub

भारतका ४ राज्यमा देखियो एचएमपिभी , ८ जना सङ्क्रमित 


२३ पुस २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतमा एचएमपी भाइरस सङ्क्रमितको सङ्ख्या ८ पुगेको छ । मंगलबार, महाराष्ट्रको नागपुरमा २ सङ्क्रमित फेला परेका छन् । यहाँ १३ वर्षीय बालिका र ७ वर्षीय बालकमा सङ्क्रमण देखिएको छ । दुवै जनालाई लगातार रुघाखोकी र ज्वरो आइरहेको थियो । 

त्यसपछि निजी प्रयोगशालामा परीक्षण गर्दा दुवैको रिपोर्ट पोजेटिभ आयो । यिनीहरूलाई अस्पताल भर्ना चाहिँ गर्नु नपरेको र स्थिति नियन्त्रणमा रहेको बताइएको छ ।

एक दिनअघि कर्नाटक र तमिलनाडुमा २र२ जना, पश्चिम बंगाल र गुजरातमा १र१ जना गरी ६ जनामा ​​भाइरसको सङ्क्रमण देखिएको थियो । तीमध्ये अधिकांश बालबालिका छन् । केन्द्रले राज्यहरूलाई इन्फ्लुएन्जा जस्तै रोग र एक्यूट रेस्परेटरी जस्ता श्वासप्रश्वाससम्बन्धी रोगहरूको निगरानी बढाउन र ह्यूमन मेटापन्यूमोभाइरसको रोकथामबारेमा सचेतना फैलाउन सल्लाह दिएको छ ।

देशका ४ राज्यमा सङ्क्रमित भेटिएपछि स्वास्थ्यमन्त्री जेपी नड्डाले यो भाइरस सामान्य भएको र यसबाट आत्तिनुपर्ने अवस्था नरहेको बताएका थिए । विज्ञहरूले पनि एचएमपीभी नयाँ भाइरस नभएको बताइरहेका छन् । यसको पहिचान पहिलो पटक २००१ मा भएको थियो । भाइरस हावामार्फत फैलिने भएकोले सास फेर्दा सर्छ । यसले सबै उमेर समूहका मानिसहरूलाई असर गर्छ । 

डब्लूएचओले स्थितिको अनुगमन गरिरहेको छ र चाँडै नै रिपोर्ट साझा गर्ने बताइएको छ ।

प्रकाशित मिति : २३ पुस २०८१, मंगलबार  ३ : २२ बजे

ठमेलको क्यासिनो भारतीय गिरोहको अपराध अखडा : चुम्बकीय तास र विशेष लेन्सको सहयोगमा गर्थे ठगी

काठमाडौं– ठमेलस्थित छाया सेन्टरको वाल्डो डाइनास्टिक इन्टरटेनमेन्ट प्रालिमा सञ्चालित क्यासिनो

अनौपचारिक क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षामा समेट्न राष्ट्रिय अभियान सुरु 

काठमाडौं– नेपालमा कार्यरत लाखौँ अनौपचारिक र स्वरोजगार श्रमिकहरूलाई सामाजिक सुरक्षाको घेराभित्र

रास्वपाको कार्यालयमा पुग्यो उच्चस्तरीय राजनीतिक वार्ता टोली

काठमाडौं– उच्चस्तरीय राजनीतिक वार्ता समितिले बुधबार राष्ट्रिय स्वतन्त्र पार्टी  कार्यालयको

आत्मनिर्भर बनाउन सीप सिकाउँदै रामपुर

तानसेन– यहाँको रामपुर नगरपालिकाले नगरवासीलाई आत्मनिर्भर बनाउन विभिन्न सीपमूलक तालिम

भेडेटारमा पुस १६ देखि १८ गतेसम्म खाना महोत्सव आयोजना हुने

काठमाडौं– धनकुटाको साँगुरीगढी गाउँपालिका–६ स्थित भेडेटारमा पुस १६ देखि १८