‘दुखीआत्मा’को टिजर : जब आँचलले दयाहाङलाई मध्यराति केक काट्न बोलाउँछिन् « Khabarhub

‘दुखीआत्मा’को टिजर : जब आँचलले दयाहाङलाई मध्यराति केक काट्न बोलाउँछिन्


२३ पुस २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


741
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायक दयाहाङ राई, नायक अनुपविक्रम शाही र आँचल शर्मा मुख्य भूमिकामा रहेको फिल्म ‘दुखीआत्मा’को टिजर सार्वजनिक भएको छ ।

प्रणय दिवस लक्षित गरी अर्थात् फागुन २ देखि प्रदर्शनमा आउने यस फिल्मको मंगलबार ३ मिनेट १५ सेकेण्ड लामो टिजर सार्वजनिक गरिएको हो ।

टिजरमा दयाहाङ, अनुपविक्रम र आँचललाई विशेष स्थान दिइएको छ । ‘छेवाङ’को भूमिकामा रहेका दयाहाङ फिल्ममा आँचलसँग आकर्षित भएको टेलरले खुलाएको छ ।

टिजरमा दयाहाङ र आँचल रोमान्टिक मुडमा प्रस्तुत छन् । फिल्मको कथा यिनै दुईको प्रेम र आकर्षण वरपर घुम्ने टिजरले संकेत गर्छ ।

टिजरमा प्रयोग भएका संवादले यस फिल्म ‘एडल्ट’ खुराक प्रशस्त समाहित भएको संकेत गर्छ।

टिजरको सुरुवातमै दयालाई आँचलले फोनमा राति १२ बजे जन्मदिनको केक काट्न बोलाउँछिन् । युवतीले राति केक काट्न बोलाउनुलाई बुद्धि तामाङले ‘गोल्डेन अपरच्युनिटी’का रुपमा अर्थ्याउँछन् ।

टिजरमा द्विअर्थी संवादले विशेष स्थान पाएको छ । आँचलले दयालाई आफ्नो शरीरको बखान गर्न लाउने क्रममा वक्षस्थल कस्तो छ ? भनेर प्रश्न गर्छिन् । दयाले भन्छन्, ‘सिन्धुलीको जुनार जस्तो ।’

समग्रमा यो टिजर यौनमनोविज्ञान वरपर घुमेको छ । फिल्ममा दयाहाङ, अनुपविक्रम, आँचल र बुद्धिसहित दिया मास्के, शिशिर वाङ्देल, रेयर राई, पुस्कर गुरुङ, कविता आले लगायतको अभिनय रहेको बताइएको छ ।

यस फिल्म दीपेन्द्र लामाको लेखन र निर्देशनमा तयार भएको हो । क्लक वोर्क क्रियसनको ब्यानरमा बनेको यस फिल्मको प्रस्तुतकर्ता र निर्माता हिमाल कडरिया हुन् ।

हेर्नुहोस् टिजर :

प्रकाशित मिति : २३ पुस २०८१, मंगलबार  ६ : ३३ बजे

निर्वाचन सामग्री धमाधम जिल्लातिर (तस्बिरहरू)

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन

राष्ट्रियसभाको शून्य समयमा सरकारको ध्यानाकर्षण

काठमाडौं– राष्ट्रियसभा सदस्यहरूले विदेशमा ज्यान गुमाएका नेपाली, विकास बजेट रोक्का,

झापामा ओलीले भने : ग्यास उत्खनन भइसकेको छ, पाइपबाट घरघरमा पठाउने दिन आउँदैछ

झापा- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अपराधिक तत्वहरूले आफूमाथि

नेपाल–कतार आर्थिक तथा पर्यटन सहकार्यबारे छलफल

काठमाडौं– नेपाल र कतारबीच समग्र आर्थिक विकास, पर्यटन प्रवर्द्धन तथा

पोर्चुगलमा नरमपन्थी सेगुरो निर्वाचित

एजेन्सी– पोर्चुगलको राष्ट्रपतीय निर्वाचनमा केन्द्र–वाम समाजवादी उम्मेद्वार एन्टोनियो जोसे सेगुरो