जनमत पार्टीले सरकार चलाउन कांग्रेस-एमालेबाट सिक्नुपर्छ : उपेन्द्र महतो  | Khabarhub Khabarhub

जनमत पार्टीले सरकार चलाउन कांग्रेस-एमालेबाट सिक्नुपर्छ : उपेन्द्र महतो 


२३ पुस २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


207
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम – लोकतान्त्रिक समाजवादी पार्टी नेपालका संसदीय दलका उपनेता उपेन्द्र महतोले मधेस प्रदेशसभामा जनमत पार्टीले सारकार चलाउन  कांग्रेस र एमालेबाट सिक्नु पर्ने बताएका छन् । 

सांसद महतोले यो व्यवस्थामा जनमत पार्टी पहिलो पटक आएकाले उनीहरूलाई सरकारको नेतृत्व गर्न र चलाउन सिक्नुपर्ने बताएका हुन् ।

  मंगलबार मधेस प्रदेशसभाको चौथो अधिवेशनको पहिलो बैठकमा बोल्दै उनले भने, ‘सरकार सञ्चालन तपाईंहरुलाई सिक्नै पर्छ । चाहे कांग्रेसबाट होस्, एमालेबाट होस्, जसपा होस् अथवा लोसपाबाट होस् । तपाईंले रोडमा गाली दिने, रोडमा कर्मचारीलाई काम गरेन भनेर कालो मोसो दलेको विगतमा अहिले तपाईँ त्यो सिटमा हुनुहुन्छ । कर्मचारीले काम गर्न दिएन भन्न मिल्दैन ।

यस्तै महतोले सरकार चलाउनु र आन्दोलन गर्नु फरक कुरा भएको बताएका छन् । जनमत पार्टीलाई लक्षित गर्दै महतोले भने, ‘सडकबाट तपाईँ जे पनि उठाउन सक्नुहुन्छ । मल खादको फ्याक्ट्री पनि खोदलिन्छु भन्न सक्नुहुन्छ । यो पाँच महिनामा के गर्नुभयो? मल खादको फ्याक्ट्री खोल्न कता सुरु गर्नुभयो ? त्यसैले आन्दोलन र सरकार चलाउने कुरा फरक हो ।’ 

सांसद महतोले परेको समस्याको समाधान संसदबाट र प्रदेशसभाको बैठकबाट खोज्नुपर्ने बताए । उनले भने, ‘तपाईँ ड्राइभर सिटमा बसेर मैले काम गर्न सकिन, मलाई काम गर्न दिइएन भन्नु हाँस्यास्पद हो, तपाईंको असक्षमताको परिचय हो, तपाईंले कुनै पनि समस्या हो भने गठबन्धनको बैठक बोलाउनुपर्ने हो, संसद खोल्नुपर्ने हो, संसदबाट निकास निस्कने हो, एमालेले कांग्रेसले गर्न दिएन भन्नु गलत कुरा हो ।’

प्रकाशित मिति : २३ पुस २०८१, मंगलबार  ५ : ४७ बजे

‘करिब चार लाख ५० हजार अफगानी इरानबाट स्वदेश फिर्ता’

एजेनसी – इरानले आवश्यक कागजात नभएका व्यक्तिहरूलाई जुलाई ६ सम्म

रविका नाममा रास्वपाको हस्ताक्षर अभियानबारे सूर्य थापाले भने- राजनीतिक प्रोपोगाण्डाले अदालतको आदेश फेरिँदैन

काठमाडौं- नेकपा (एमाले) का सांसद सूर्यबहादुर थापा क्षत्रीले सहकारीको बचत

पूर्वप्रधानमन्त्री हसिनाविरुद्धको हत्या मुद्दा खारेज गर्न माग

ढाका– बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाविरुद्ध मानवताविरुद्धको अपराधमा लगाइएको अभियोग खारेज

गृहमन्त्री लेखक र स्वीटजरल्याण्डका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौं – गृहमन्त्री रमेश लेखक र स्वीटजरल्याण्डका विदेशमन्त्री इग्नाजिओ डानियल

गर्मीबाट छाला जोगाउन अपनाउनुहोस् यी पाँच घरेलु उपाय

काठमाडौं– गर्मीमा छालाको अधिकतम हेरचाह गर्न आवश्यक छ। कडा घाम