आज २०८१ साल पुस २४ गते बुधबारको राशिफल « Khabarhub

आज २०८१ साल पुस २४ गते बुधबारको राशिफल


२४ पुस २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८१ साल पुस २४ गते बुधबार तदनुसार सन् २०२५ जनवरी ८ तारिख। पुस शुक्ल पक्षको नवमी तिथि। नेपाल ज्योतिष स्थापना दिवस। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन रमाइलो छ। आफ्नै राशिमा चन्द्रमा पुगेकाले मन खुशी बन्नेछ। स्वास्थ्यमा सुधार हुने योग छ। शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ। विदेशी रमझमले मन आकर्षित गरेको छ। परिवारसँगको सम्बन्ध राम्रो बन्नेछ।

वृष : बोल्नु अगाडि सोच्नुपर्ने दिन छ। सानो कुराले अप्ठेरो परिस्थिति सिर्जना हुने जोखिम छ। लगानीका क्षेत्रमा अवरोध सिर्जना हुनेछ। इज्जतका लागि सम्पत्ति खर्च गर्नुपर्ने दिन छ। पूर्वको लामो यात्रा नगर्नु राम्रो हुनेछ। राज्यको साथ र सहयोग मिल्नेछ।

मिथुन : आम्दानीका दृष्टिकोणले दिन राम्रो छ। आफ्नो कामबाट मन शान्त बन्नेछ। परिवारमा थोरै बोल्नु राम्रो हुनेछ। धार्मिक कार्यमा सहभागी भएमा खुशी मिल्ने योग छ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ।

कर्कट : मन अशान्त बन्नेछ। बिहान उठेर पिपलको दर्शन गरेर दिनको सुरुवात गर्नु राम्रो हुनेछ। राजनीतिक संगठनमा साथीको साथ मिल्नेछ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या भए पनि परिवारले राम्रो साथ दिनेछ।

सिंह : भाग्यको स्थानमा चन्द्रमा पुगेका छन्। शिक्षामा लगानी गर्ने हिम्मत गर्नुपर्नेछ। बोली र व्यवहारमा एकरुपता ल्याउन सकेमा दिन सहज बन्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

कन्या : पूर्वको यात्रामा जोखिम रहेको छ। लामो यात्रा नगर्नु राम्रो हुनेछ। साथीबाटै आक्रमण हुने भएकाले आफ्नो हितमा सोच्ने साथी पहिचान गर्नुपर्ने समय छ। स्वास्थ्यमा सुधार हुने योग छ। परिवारसँग बसेर रमाइलो गर्ने अवसर मिल्नेछ।

तुला : परिवारको व्यवहारले मन शान्त बन्नेछ। शिक्षा क्षेत्रको लगानीबाट फाइदा हुनेछ। शिक्षाको क्षेत्रमा सफलताका लागि मेहनतको भने खाँचो देखिन्छ। परिवारको साथमा घुमघाम हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

वृश्चिक : आफ्नै साथीबाट असहयोग हुने जोखिम रहेको छ। स्वास्थ्यको ख्याल गर्नुपर्ने समय छ। चिसोबाट लाग्ने राोगबाट सचेत बन्नु राम्रो हुनेछ। प्रासिवधिक शिक्षामा गरेको प्रयाास सफल बन्नेछ। व्यापारमा भने अगाडि नबढ्नु राम्रो हुन्छ।

धनु : दिन राम्रो छ। बोलीमा सरस्वतीको बास रहेको छ। यस्तो बोली परोपरकारका लागि प्रयोग गर्नु राम्रो हुनेछ। स्वास्थ्यमा सुधार हुनेछ। औषधी नियमित हुन नसक्दा रोगले भने सताउने जोखिम रहेको छ।

मकर : सञ्चित धन खर्च हुनेछ। आफन्तले कुरा काट्दा मन दुख्छ। पूर्वको लामो यात्रा नगर्नु राम्रो हुनेछ। पिपलको दर्शन गरेर दिनको सुरुवात गरेमा मन शान्त बन्नेछ। संकटमा परिवारको साथ र सहयोग प्राप्त हुनेछ।

कुम्भ : साथीले तपाईंको पक्षमा काम गर्नेछन्। सानो भनेर रोगलाई कमजोर ठानेमा सताउने जोखिम रहेको छ। शिवको भजन सुनेर दिनको सुरुवात गरेमा दैनिकी सहज बन्नेछ।

मीन : धनलक्ष्मी योग परेको छ। सम्पत्तिको सदुपयोग गर्नु राम्रो हुनेछ। शिक्षामा मेहनतको खाँचो देखिन्छ। प्रगति भए पनि ढिला मात्र हुने भएकाले मेहनतको खाँचो परेको हो। बौद्धिक व्यक्तिसँगको भेटले मन शान्त बन्नेछ।

प्रकाशित मिति : २४ पुस २०८१, बुधबार  ५ : १६ बजे

५ दिनमै तयार भयो एक्रो ब्रिज, देवीघाटमा भोलिदेखि आवतजावत खुल्ने

नुवाकोट – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण पक्की पुल

ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र संयुक्त

भोटेकोसी बाढीपछि भारतबाट राहतको आठौँ खेप आइपुग्यो, १३० टनभन्दा बढी सहयोग सामग्री

काठमाडौं – गत भदौ १० गतेको विनाशकारी बाढीपहिरोपछि जारी खोज,

उपेन्द्र यादवको आरोप : लुम्बिनीका सभामुखले स्वेच्छाचारी निर्णय गरे

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले

नेपाल भलिबल लिगमा काठमाडाैंको तेस्रो जित, कर्णालीको पहिलो हार

काठमाडाैं – पहिलो संस्करणको एक्सट्रिम इनर्जी ड्रिङ्क नेपाल भलिबल लिग