श्रीमानको खुकुरी प्रहारबाट श्रीमतीको हत्या « Khabarhub

श्रीमानको खुकुरी प्रहारबाट श्रीमतीको हत्या


२० भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ- श्रीमानले प्रहार गरेको खुकुरीबाट खोटाङमा श्रीमतीको घटनास्थलमै ज्यान गएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका सीताराम राईले ३० वर्षीया श्रीमती देविका राईलाई गए राति टाउकोमा खुकुरी प्रहार गर्दा उनको घटनास्थलमै ज्यान गएको हो ।

श्रीमतीको हत्या गरेलगत्तै स्थानीयवासीले दिएको जानकारीका आधारमा जिल्ला प्रहरी कार्यालय दिक्तेलबाट गएको प्रहरी टोलीले सीतारामलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक बामदेव गौतमले जानकारी दिए । प्रहरीका अनुसार हत्याको कारण भने अहिलेसम्म खुल्न सकेको छैन ।

मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल दिक्तेल ल्याइएको प्रहरीले जनाएको छ । पक्राउ परेका सीतारामलाई प्रहरी हिरासतमा राखेर अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक आमोद खेरवालले जानकारी दिए ।

राई दम्पतीको एक छोरा छन् ।

प्रकाशित मिति : २० भाद्र २०७६, शुक्रबार  ९ : ४० बजे

बेड क्षमता र दायरा बाहिरका स्वास्थ्य संस्थामा काम नगर्न चिकित्सकलाई काउन्सिलको आग्रह

काठमाडौं- नेपाल मेडिकल काउन्सिलले स्वास्थ्य संस्था सञ्चालन मापदण्ड र चिकित्सकहरूको

स्टेजका अतिथि र रास्वपा सांसदहरूलाई पनि मोही (तस्बिरहरू)

काठमाडौं– चितवनमा जारी रास्वपा महाधिवेशनमा स्टेजमै अतिथि र सांसदहरूलाई मोही

बालेनले राजा ल्याउँछ भनेर पनि रास्वपालाई भोट हालेका छन् : राजेन्द्र लिङ्देन

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले नेपालमा राजा

‘रोनाल्डो आलोचनासँग अभ्यस्त छन्, विश्वकपअघि नै सामाजिक सञ्जाललाई झेल्न तयार थियौँ’

काठमाडौं- पोर्चुगलका डिफेन्डर डियोगो डलोटलले विश्वकप सुरु हुनुअघि नै टोलीले

‘बा’को भूमिकामा दिव्य देव

काठमाडौं – ‘बा’को भूमिका खुल्ने गरी फिल्म ‘बा : एक