सार्वजनिक यातायातलाई प्रविधिमैत्री बनाउँछौँ : मन्त्री महर्जन  « Khabarhub

सार्वजनिक यातायातलाई प्रविधिमैत्री बनाउँछौँ : मन्त्री महर्जन 


२४ पुस २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

चितवन– बागमती प्रदेश सरकारका श्रम, रोजगार तथा यातायातमन्त्री प्रेमभक्त महर्जनले सार्वजनिक यातायातलाई प्रविधिमैत्री बनाइने बताएका छन् । 

बुधबार नवलपुरको गैँडाकोटमा एमाले निकट यातायात व्यवसायीहरूको संगठन नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संगठनको तेस्रो राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै उक्त कुरा बताएका हुन् । 

मन्त्री महर्जनले डिजिटल प्रविधि मार्फत सार्वजनिक यातायातलाई व्यवस्थित गर्न प्रदेश सरकारको तर्फबाट काम प्रारम्भ गरिएको बताए । 

कार्यक्रमका प्रमुख अतिथि रहेका मन्त्री महर्जनले नेपालको सार्वजनिक यातायात क्षेत्रमा भएको निजी क्षेत्रको लगानी डुब्दै गइरहेको, यातायात मजदुरहरू असुरक्षित महसुस गरी बिदेसिनु परिरहेको र जनताको सुरक्षित यात्राको अधिकार कुण्ठित हुँदै गइरहेको बताउदै यसलाई सुधार गर्न कानुन निर्माण र नियमावली निर्माणको काममा प्रदेश सरकारले द्रुतताका साथ काम गरिरहेको बताए । 

देशभरिका प्रतिनिधिहरूलाई सम्बोधन गर्दै मन्त्री महर्जनले सिण्डिकेट खारेजीका नाममा खारेज गरिएका यातायात व्यवसायीहरूका संघ समितिलाई नवीकरण गर्न सर्वोच्च अदालतले खुल्ला गरिदिएको भए पनि अहिलेसम्म कतिपय व्यवसायीहरूको सम्पत्ति फुकुवा नगरेको प्रति चिन्ता व्यक्त गर्दै त्यसको फुकुवाका लागि संघ सरकारसँग समन्वय गर्ने बताए ।

आफूले यातायात व्यवसायीहरूको समस्यालाई नजिकबाट हेरिरहेको बताउँदै बागमती प्रदेशमा पनि सार्वजनिक यातायातको भाडा छिट्टै समायोजन गरिने बताए  । 

मन्त्री महर्जनले ढुवानी क्षेत्रमा विदेशी सवारीसाधनहरूको हस्तक्षेपका कारण लगानी संकटमा परेको बताउँदै त्यसलाई कूटनैतिक रूपमै निवारणका लागि पहल गरिने बताए । राइड शेयरिङको बढ्दो प्रभावले सार्वजनिक यातायात क्षेत्रलाई असर पारिरहेकाले सर्वोच्च अदालतको फैसलालाई ध्यानमा राख्दै तत्काल कानुनी दायरामा ल्याइने बताए । 

कार्यक्रममा नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीमज्वाला राईले नेपालमा सार्वजनिक यातायातको इतिहास उल्लेख गर्दै १०८ वर्षको इतिहासमा सार्वजनिक यातायात क्षेत्र अझै पनि उद्योगको रूपमा विकास हुन नसकेको र दिनानुदिन बिग्रँदै गइरहेको बताए । 

नेपाल यातायात मजदुर संघको अध्यक्ष धर्मराज भण्डारीले यातायात श्रमिकहरूलाई सामाजिक सुरक्षाको दायरामा ल्याउनु पर्ने बताए । अखिल नेपाल यातायात मजदुर संघका अध्यक्ष दीपक केसीले यातायात मजदुर तथा व्यवसायीहरूको योगदानलाई राज्यले सम्मान गर्नुपर्ने बताए ।

प्रकाशित मिति : २४ पुस २०८१, बुधबार  ४ : ४० बजे

सभापति रवि लामिछाने भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री गुरुङ

काठमाडौं– गृहमन्त्री सुधन गुरुङ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई

कांग्रेस महाधिवेशन : एक वरिष्ठ नेता, एक उपसभापति र दुई सहमहामन्त्री थपिँदै

काठमाडौँ– नेपाली कांग्रेसले पहिलोपटक पार्टी विधानमा वरिष्ठ नेताको प्रावधान ल्याउने

जनजागरण साकोस मिर्गेको कुल पुँजी २५ करोड नजिक

दोलखा– जिल्लाको वैतेश्वर गाउँपालिका–३ मिर्गेस्थित जनजागरण बचत तथा ऋण सहकारी

दुई घण्टाअघि नै खुलामञ्चमा पुग्न थाले प्रतिनिधि (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनको औपचारिक उद्घाटन समारोह आज काठमाडौंको

स्पेनमा भारी वर्षापछि बाढीको चेतावनी, यात्रा प्रतिबन्ध

म्याड्रिड– अत्यधिक वर्षाका कारण उत्तरपूर्वी स्पेनमा बाढीको जोखिम बढेपछि अधिकारीहरूले