विपिनको रिहाइमा पहल गरिदिन परराष्ट्रमन्त्रीको आग्रह  « Khabarhub

विपिनको रिहाइमा पहल गरिदिन परराष्ट्रमन्त्रीको आग्रह 


२४ पुस २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपालका लागि इजरायली राजदूत समुलिक एरी बासलाई हमास समूहको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि आग्रह गरेकी छन् । 

परराष्ट्रमन्त्री डा. राणासँग मन्त्रालयमा भेटका क्रममा राजदूत बासलाई नेपाली विद्यार्थी विपिनको अवस्थाबारे जानकारी लिँदै हमासको नियन्त्रणबाट मुक्त गराउन पहल गर्न इजरायल सरकारसँग आग्रह गरेकी हुन् । 

हमास समूहले अपहरण गरी लगेकामध्ये ३४ जनालाई रिहा गर्न लागेको भन्ने सूचना आइरहेकाले यस विषयमा मन्त्री डा राणाले इजरायली राजदूतसँग जानकारी लिएकी हुन् ।

हमास समूहले आफ्नो नियन्त्रणमा रहेकामध्ये ३४ जनालाई अपहरण मुक्त गर्न लागेका भन्ने समाचार आएकाले जोशीको रिहाइलाई विशेष प्राथमिकतामा राख्न मन्त्री डा राणाले राजदूत बासमार्फत् इजरायल सरकारलाई आग्रह गरेकी थिइन् । 

सो भेटका क्रममा राजदूत बासले हमासको नियन्त्रणमा रहेका बृद्धबृद्धा, महिला तथा बालबालिकासमेतका नाजुक स्वास्थ्य अवस्थामा रहेका नागरिकहरूको रिहाइका लागि इजरायल सरकारले केही महिना अघि हमासलाई सूची पठाएको र पहिलो चरणमा उनीहरूलाई नियन्त्रण मुक्त गर्ने तयारी भएको भन्ने सूचना आएको जानकारी गराएका थिए । 

सन् २०२३ को अक्टोबरमा इजरायली भूमिमा आक्रमण गरी प्यालेस्टाइनी हमास समूहले १० जना नेपालीसहित एक हजारभन्दा बढी व्यक्तिको हत्या गरेका थिए । 

त्यस लगत्तै उनीहरूले केही व्यक्तिलाई अपहरण गरी लागेकामा विपिन जोशी पनि रहेका छन् । उनीहरूमध्ये ३४ जनालाई मुक्त गर्न लागिएको तयारी हमास समूहले गरिरहेको समाचार आएको छ । 

हमासले पहिलो चरणमा महिला, बालबालिका र बृद्धबृद्धाहरु अपहरणमुक्त गर्न लागेको भन्ने समाचार आएकाले विपिनलाई पनि रिहाइका लागि पहल गर्न नेपाल सरकारले आग्रह गरेको हो । 

विपिनको रिहाइका लागि नेपाल सरकारले आफ्ना कूटनीतिक प्रयास जारी राखेको छ । संयुक्त राष्ट्रसंघ, विभिन्न अन्तर्राष्ट्रिय एवं क्षेत्रीय मञ्चहरुका साथै विभिन्न द्विपक्षीय एवं बहुपक्षीय बैठकहरुमा समेत परराष्ट्रमन्त्री डा राणाले अन्तर्राष्ट्रिय समुदायलाई विपिनको रिहाइका लागि पहल गरिदिन आग्रह गर्दै आएकि छन् ।
 

प्रकाशित मिति : २४ पुस २०८१, बुधबार  ६ : ३४ बजे

कालिञ्चोकमा अझै हिउँ परेन (तस्बिरहरू)

दोलखा – जिल्लाको धार्मिक तथा पर्यटकीय स्थल कालिञ्चोकमा फागुन पहिलो

गायक कृष्ण बिकको होरीमा राजेश हमाल र उषा खड्कीको अभिनय

काठमाडौं – गायक कृष्ण बिक र गायिका समिक्षा अधिकारीको स्वर

मिचेल मार्श चम्केपछि ओमानमाथि अस्ट्रेलियाको शानदार जित

काठमाडौं – आईसीसी टी–२० विश्वकप अन्तर्गत समूह चरणको अन्तिम खेलमा

बैतडीमा एक जना निर्वाचन प्रहरीको मृत्यु

बैतडी – बैतडीमा एक जना निर्वाचन प्रहरीको मृत्यु भएको छ

नेसनल बास्केटबल लिग फागुन २६ गतेदेखि हुने

काठमाडौं – नेपाल बास्केटबल सङ्घ (नेबा)को आयोजनामा हिमालयन जाभा नेसनल