सर्वेन्द्र खनाललाई प्रश्न : माओवादीमा जाने की रावललाई साथ दिने ? « Khabarhub

सर्वेन्द्र खनाललाई प्रश्न : माओवादीमा जाने की रावललाई साथ दिने ?


२४ पुस २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आइतबार नेकपा एमाले पार्टीबाट अलग भएको घोषणा गरेका नेपाल प्रहरीका पूर्वप्रमुख सर्वेन्द्र खनालले एमाले आफूलाई ‘म्याच’ नभएको बताएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत खनालले आफू अब कुनै दलसँग आबद्ध नरहेको जानकारी दिँदै एमाले छाडेको घोषणा गरेका थिए ।

बुधबार खबरहबसँग कुरा गर्दै खनालले एमालेमा नयाँ र पुराना मान्छे भनेर छुट्टाउने प्रवृत्ति भएकाले आफ्नो नीति, सिद्धान्तले एमालेमा बस्नु उचित नठानेको बताए ।

‘म आफ्नै नीति र सिद्धान्तमा चलेको मान्छे । देशमा सुशासन र जनतामा खुसी भर्न सकिन्छ भनेर एमाले रोजेको थिए, तर म गलत रहेछु ।’ खनालले भने, ‘अहिले तत्काल कुनै पार्टीमा जाने योजना बनाएको छैन । म स्वतन्त्र नै ठिक रहेछु जस्तो लाग्यो । म अध्यान, अनुसन्धान र खोजमाको काम गर्छु ।’

यसअघि खनाल एमाले छाडेर माओवादीमा जान लागेको हल्ला पनि चलेको थियो । यस्तै डा. भीम रावलको मातृभूमि जागरण अभियानमा पनि खनाल जोडिन सक्ने धेरैले आँकलन गरेका छन् । यसबारे प्रश्न गर्दा खनालले भने, ‘कुनै पार्टीमा जोडिने अहिले कुरा छैन । मेरा शुभचिन्तकलाई म यही भन्छु अहिले अध्ययन गर्छु । मलाई लाग्छ ०८४ सम्म नै म कुनै क्षेत्रमा जोडिन्न कि ।’

खनाल २०७९ साल असोज ५ गते एमालेमा प्रवेश गरेका थिए । एमालेमा प्रवेश गरेपछि उनलाई सङ्घीय निर्वाचनमा दुई पटक टिकट समेत दिइएको थियो । काठमाडौं– ६ र तनहुँबाट चुनाव लडेका खनाल दुवै स्थानमा पराजित भएका थिए । उनलाई पराजित हुँदा एमालेका नेताहले अनेक आक्षेप लगाएका थिए ।

प्रकाशित मिति : २४ पुस २०८१, बुधबार  ८ : ५२ बजे

कञ्चनपुरमा अढाई महिनामा लागुऔषध मुद्दामा १२५ जना पक्राउ

महेन्द्रनगर – भारतसँग खुला सीमाना जोडिएको कञ्चनपुरमा लागुऔषध न्युनीकरण चुनौतीपूर्ण

असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक

कास्की – पोखरा महानगरपालिका–३० शिशुवा देउरालीस्थित खोलाको छेउमा आज बिहानदेखि

दुई दिन मुसलधारे वर्षाको सम्भावना, सतर्कता अपनाउन अपिल

काठमाडौं – राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आगामी

ड्रागन फ्रुट महोत्सव : १० मेट्रिकटन बिक्री, २५ लाखको कारोबार

बागमती – बागमती प्रदेश कृषि तथा पशुपन्छी मन्त्रालय र हेटौँडा

चट्याङ लागेर एक महिलाको मृत्यु

सङ्खुवासभा – सङ्खुवासभाको मकालु गाउँपालिका–१ चिर्खाङमा चट्याङ लागेर एक महिलाको