एकै परिवारले स्थापना गरे तीन विद्यालयमा अक्षयकोष | Khabarhub Khabarhub

एकै परिवारले स्थापना गरे तीन विद्यालयमा अक्षयकोष


२५ पुस २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


216
Shares
  • change font
  • change font
  • change font

भोजपुर- भोजपुरका एकै परिवारले तीनवटा विद्यालयमा अक्षयकोष स्थापना गरिदिएका छन् । जनता आधारभूत विद्यालय, सन्त माध्यमिक विद्यालय र सावित्रा माध्यमिक विद्यालयमा अक्षयकोष स्थापना गरिएको हो ।

षडानन्द नगरपालिका-१ नेपालेडाँडा, खेवाछास्थित जनता आधारभूत विद्यालयका संस्थापक स्वर्गीय ज्ञानबहादुर खड्काको स्मृतिमा अक्षयकोष स्थापना गरिएको छ।

विद्यालय व्यवस्थापन समितिमा रहेर समेत काम गरेका खड्काको स्मृतिमा उनका तरिवारले तीनवटा विद्यालयहरूमा अलग-अलग अक्षयकोष स्थापना गरिदिएका हुन् ।

खड्काको वार्षिक पुन्य तिथिको अवसरमा गत पुस १८ गते उनका परिवारका सदस्यहरूले जनता आधारभूत विद्यालयसहित तीनवटामा अक्षयकोष राखेका हुन् ।

जनता आधारभूतको अक्षयकोषको राशि १ लाख ५० हजार ६ सय १९ रुपैयाँ छ । यसैगरी सन्त माध्यमिक विद्यालयमा १ लाख २५ हजार ६ सय १९ रुपैयाँको अक्षयकोष राखिएको छ । उता सावित्रा माध्यमिक विद्यालयमा पनि १ लाख ५ हजार ६ सय १९ रुपैयाँको अक्षयकोष राखिएको हो ।

स्वर्गीय ज्ञान बहादुर खड्काकी पत्नी सावित्रा खड्का, छोरा बुहारीहरू टोपेन्द्र–तुलसा खड्का, ऋद्धिकुमार–सन्तोषी कोइराला खड्का, ठमराज–सरस्वती थापा खड्का र छोरी/ज्वाइँ लक्ष्मी खड्का (भट्टराई)–शम्भु भट्टराईले ज्ञानबहादुरको नाममा अक्षयकोषको स्थापना गरेका हुन् ।

प्रकाशित मिति : २५ पुस २०८१, बिहीबार  १२ : ०३ बजे

मानसिक स्वास्थ्य समस्या सम्बोधन गर्न जनशक्ति थप्ने तयारी 

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मानसिक स्वास्थ्यका समस्या समाधानमा क्रियाशील

‘मानवीय जीवन र पृथ्वीको भविष्य जोगाउन सहकार्य आवश्यक’ 

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले धर्तीमा बढ्दो तापमान र प्रदूषणका

प्रचण्डले भने- अबको दिन माओवादीको हुनेछ

बैतडी– नेकपा (माओवादी केन्द्र) ले जेठ २ गतेदेखि मध्यपहाडी लोकमार्गको

स्रोत नखुलेको लाखौँ रुपैयाँसहित २ जना पक्राउ

काठमाडौं– रूपन्देही, सिद्धार्थनगर नगरपालिका-५ बैङरोडबाट स्रोत नखुलेको नगद १३ लाख

गणतन्त्रमा राजा वीरेन्द्रको सम्पत्तिबाट झण्डै २९ करोड आम्दानी

काठमाडौं– तत्कालीन राजा वीरेन्द्र शाह र उनको परिवारको सम्पत्तिबाट सरकारलाई