७३ वर्षीया महिलाले जन्माइन् जुम्ल्याहा छोराछोरी « Khabarhub

७३ वर्षीया महिलाले जन्माइन् जुम्ल्याहा छोराछोरी


२० भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– भारतमा एक जना ७३ वर्षीया महिलाले जुम्ल्याहा बच्चा जन्माएकी छिन् ।

भारतको आन्ध्र प्रदेशको गुंटुर जिल्लाकी येरामति मंगायम्माले बुधबार विहान साढे १० बजे अप्रेसन(शल्लेक्रिया) मार्फत बच्चालाई जन्म दिएकी हुन् ।

उनको शल्यक्रिया गरेकी डा. उमा शङ्करले बीबीसी तेलुगुलाई भनिन्, “आमा र बच्चाहरूको स्वास्थ्य अहिले ठिक छ। शिशुहरूलाई २१ दिनसम्म चिकित्सकको निगरानीमा राखिनेछ।”

ती वृद्धाले सबैभन्दा बढी उमेरमा जुम्ल्याहा बच्चा जन्माउने कीर्तिमान बनाएको अनुमान गरिएको छ । यसअघि सन् २००६ मा स्पेनमा जुम्ल्याहा बच्चा जन्माएकी एक महिलाको उमेर ६६ वर्ष थियो ।

हुन त केही मानिसहरूले त्यो कीर्तिमान भारतकै ओमकारी पनवारको नाममा रहेको बताउने गरेका छन् । सन् २००७ सालमा ती महिलाले ७० वर्षको उमेरमा जुम्ल्याहाको जन्म दिएको बताइन्छ ।

जुम्ल्याहा पाएपछि प्रसन्नता व्यक्त गर्दै मङ्गायम्माले भनिन्, “मानिसहरूले मलाई बाँझो भन्ने गर्थे। मैले धेरै पीडा झेलेकी छु। अतः मैले बच्चा जन्माउने निर्णय गरेँ। मेरो जीवनको यो सबैभन्दा खुसीको क्षण हो ।”

श्रीमतीले जुम्ल्याहा सन्तान पाएपछि श्रीमान् एरामती सीताराम राजाराव निकै खुसी भएका छन् । उनले भने, “अब म खुसी छु। डाक्टरहरूले गर्दा यो सब सम्भव भयो। यो अस्पतालमा उपचार गराएको दुई महिनाभित्र मेरी श्रीमती गर्भवती भइन्। हामी नौ महिनादेखि अस्पतालमै छौँ। हामी यी बच्चाको राम्ररी हेरचाह गर्नेछौँ।”

सन् १९६२ को मार्च २२ तारिखमा उनीहरूको बिहे भएको थियो । सन्तान जन्माउन उनीहरूले धेरै ठाउँमा उपचार गराएका थिए ।

गर्भाधारणका लागि मङ्गायम्माले एक दाताबाट डिम्ब लिएकी थिइन् । र प्रयोगशालामा आईभीएफ विधिमार्फत् उनका श्रीमान् सीतारामको शुक्राणुबाट सेचन गराइएको थियो । त्यसपछि बनेको भ्रूणलाई मङ्गायम्माको गर्भमा प्रतिस्थापित गरियो। अन्ततः उनी वृद्धावस्थामा गर्भवती भइन्।

बीबीसीबाट

प्रकाशित मिति : २० भाद्र २०७६, शुक्रबार  १० : ४८ बजे

डीपफेकविरुद्ध सामन्थाको कानुनी लडाइँ, अदालतले भन्यो- ‘नाम, तस्बिर र आवाजको दुरुपयोग गर्न पाइँदैन’

काठमाडौं– एआईको प्रयोग गरेर आफ्नो तस्बिर, आवाज र पहिचानसँग जोडिएका

गोलञ्जोर आधारभूत अस्पतालमा शव परीक्षण सुरु

काठमाडौं– सिन्धुली जिल्लाको गोलञ्जोरस्थित आधारभूत अस्पतालमा शव परीक्षण सेवा सुरु

सदनमा उठाइएका आवाजबारे सरकार गम्भीर भएन : उपनेता हमाल

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संसदीय दलका उपनेता प्रमेशकुमार हमालले

६ महिनामा सरकारको ‘फासीवादी’ प्रवृत्ति देखियो : नेता थापा

काठमाडौं–  नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापाले वर्तमान सरकारको

सुरक्षा निकायबाट पनि खाना पकाउने ग्यास वितरण गर्न अनुमति दिने तयारी

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रुद्रसिंह तामाङले सुरक्षा