त्रिभुवन विमानस्थमा आन्तरिक यात्रुको सामान पनि अब ‘बेल्ट’ बाट आउने « Khabarhub

त्रिभुवन विमानस्थमा आन्तरिक यात्रुको सामान पनि अब ‘बेल्ट’ बाट आउने


२० भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा कन्भेअर बेल्ट सञ्चालन हुने भएको छ ।

विमान अवतरण भएपछि यात्रुहरुले अब बेल्ट सञ्चालन भएसँगै आफ्ना सामान सहज रुपमा लिन सक्छन् ।

आन्तरिक उडानबाट आएका यात्रुले यसअघि आफ्ना सामान लिनका लागि लडाई गर्नुपर्ने अवस्था थियो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले यसले यात्रुलाई सहजता प्रदान गर्ने बताए ।

‘आफ्ना सामान लिनका लागि लडाई गर्नुपर्ने अवस्था रहेको र सामान नै तलमाथि हुने स्थिति रहेको थियो अब यसबाट छुटकारा पाइने भयो’ महाप्रबन्धक क्षेत्रीले भने ।

आफ्ना सामानहरु सहजताका साथ पाउनुपर्ने यात्रुहरुको अधिकार रहेको उनले बताए ।

साढे दुई करोड रुपैयाँको लगानीमा बनाइएको बेल्ट जडानको काम सकिएको छ ।

अहिले एउटा मात्र बेल्ट बनाइएको र त्यसले अपुग भएमा केही समयपछि थप गरिने महाप्रवन्धक क्षेत्रीले बताए ।

काठमाडौंमा रहेको एकमात्र विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिक उडानमार्फत प्रत्येक दिन २० हजारसम्म यात्रु आवतजावत गर्छन् ।

प्रकाशित मिति : २० भाद्र २०७६, शुक्रबार  ११ : ०९ बजे

युट्युब हेरेरै व्यावसायिक कृषिमा सक्रिय

दाङ– अधिकांशका लागि सामाजिक सञ्जाल युट्युब मनोरञ्जन र समय बिताउने

‘पत्रकारमा फिल्ड रिपोर्टिङको जाँगर र सिर्जनशीलता भएसम्म एआईसँग डराउनु पर्दैन’ 

कुइयाङ– आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को तीव्र विकासले पत्रकारको जागिर खोस्ने

घाँसको बीउ उत्पादन

राँझा– बाँकेको खजुरा गाउँपालिका–२ गौघाटस्थित राष्ट्रिय पशु प्रजनन कार्यालयले ३० हजार

लाङ्टाङ राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन र राजस्व दुवै घट्यो

रसुवा– लाङ्टाङ राष्ट्रिय निकुञ्जमा चालु आर्थिक वर्षमा पर्यटक आगमन घटेसँगै

अनधिकृत घुम्ति व्यापार गर्न नपाइने

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा अनुमति विना अनाधिकृत रूपमा घुम्ति व्यापार