चीनको विद्युतीय गाडीको बिक्रीमा ४०.७ प्रतिशतले वृद्धि « Khabarhub

चीनको विद्युतीय गाडीको बिक्रीमा ४०.७ प्रतिशतले वृद्धि


२५ पुस २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बेइजिङ– विश्वमा नवीकरणीय ऊर्जाबाट चल्ने गाडीको माग बढ्दै गएपछि चीनमा गत वर्ष विद्युतीय र हाइब्रिड सवारी साधनको बिक्री ४० प्रतिशतभन्दा बढीले बढेको छ ।

चाइना प्यासेन्जर कार एसोसिएसन (सीपीसीए) ले बिहीबार जानकारी गराएअनुसार ‘सन् २०२४ को जनवरीदेखि डिसेम्बरसम्ममा एक करोड आठ लाख ९९ हजार वटा विद्युतीय गाडीको खुद्रा बिक्री भएको छ ।

हालैका वर्षहरूमा बेइजिङको उदार अनुदानबाट प्रेरित चिनियाँ विद्युतीय सवारीसाधनको बजारले व्यापक वृद्धि पाएको छ।

सीपीसीएका अनुसार गत वर्ष कूल खुद्रा बिक्रीको करिब आधा अर्थात् ४७.६ प्रतिशत हिस्सा विद्युतीय गाडीले ओगटेको थियो ।

सीपीसीएको तथ्याङ्कअनुसार डिसेम्बरमा यस्ता गाडीको बिक्री सङ्ख्या १३ लाख भन्दा बढी पुगेको छ । यो वर्षभरिको तुलनामा ३७.५ प्रतिशतले बढी हो र यो लगातार पाँचौँ महिना १० लाखभन्दा बढीको बिक्री हो ।

विश्वको सबैभन्दा ठूलो अटोमोटिभ बजार चीनमा घरेलु कार निर्माताहरूबीच कडा प्रतिस्पर्धा देखिएको छ ।

चिनियाँ बजारमा बीवाईडीले अन्य कारको तुलनामा व्यापक बजार पाएको छ । शेन्जेनस्थित कम्पनीले सन् २०२४ मा विश्वभर ४० लाखभन्दा बढी गाडी बिक्री गरेको थियो ।
 

प्रकाशित मिति : २५ पुस २०८१, बिहीबार  ७ : ५८ बजे

म्याद गुज्रेका सामग्री फेला परेपछि अनुगमन तीव्र

खोटाङ– चाडपर्वलाई लक्षित गरेर खोटाङ जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेलबजार

झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने

झापा– झापामा जापानिज इन्सेफलाइटिस (जेई) अर्थात् मस्तिष्क ज्वरो विरुद्ध आजदेखि

रेफ्रीमाथि खनिएका मौरिन्होले भने-‘दुई वटा रातो कार्ड दिनुपर्थ्यो’

काठमाडौँ – स्पेनिस ला लिगाअन्तर्गत ‘मड्रिड डर्बी’ मा एट्लेटिको मड्रिडसँग

१० खेलाडीमा सीमित रियललाई २-१ ले हराउँदै एट्लेटिको विजयी

काठमाडौँ – स्पेनिस ला लिगाअन्तर्गत आइतबार राति सम्पन्न ‘मड्रिड डर्बी’

कानुनसहित तीनवटा समितिको बैठक बस्दै

काठमाडौँ–  संघीय संसद अन्तर्गत रहेका विभिन्न तीनवटा समितिको बैठक आज