पोखराबाट छुटेका रवि गाडीमा काठमाडौंतिर, अदालतमा उपस्थित हुने « Khabarhub

पोखराबाट छुटेका रवि गाडीमा काठमाडौंतिर, अदालतमा उपस्थित हुने


२६ पुस २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


453
Shares
  • change font
  • change font
  • change font

पोखरा- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पोखराबाट स्थलमार्गबाट काठमाडौंका लागि हिँडेका छन् ।

सूर्यदर्शन सहकारी संस्थाको बचत रकम ठगी प्रकरणमा थुनामा रहेका लामिछाने बिहीबार ६५ लाख रूपैयाँ धरौटी बुझाएर रिहा भएका थिए ।

८४ दिनसम्म जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा बसेका उनलाई जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजलासले धरौटी लिएर छाड्न आदेश दिएको थियो ।

पोखराबाट गाडीमा हिँडेका उनी अब जिल्ला अदालत काठमाडौंमा उपस्थित हुनेछन् । उनीसँग उनका श्रीमती निकिता पौडेल पनि साथमा छिन् । उनी शुक्रबार नै जिल्ला अदालत, काठमाडौंमा उपस्थित हुन सक्नेछन् ।

बिहीबार रविसहित सात जना प्रतिवादीलाई धरौटी रकम लिएर छाड्न अदालतबाट आदेश भएको थियो । सातमध्ये ३७ लाख धरौटी मागिएकी लीला पछाईं मात्रै बिहीबार नै जेल चलान भएकी छन् । अरु सबै रिहा भइसकेका छन् ।

प्रकाशित मिति : २६ पुस २०८१, शुक्रबार  ३ : १४ बजे

झापा गाउँपालिकाद्वारा भूमि प्रशासन सेवा आरम्भ

झापा – झापा गाउँपालिकाले आजदेखि आफ्नै भूमि व्यवस्थापन शाखामार्फत मालपोत

भलिबल सङ्घद्वारा वार्षिक कार्यक्रम सार्वजनिक

काठमाडौं – नेपाल भलिबल सङ्घले चालु आर्थिक वर्षमा विभिन्न १९

महाकाव्यकार खेमनाथ दाहालको गीति एल्बम ‘जागृति’ सार्वजनिक

काठमाडौं – महाकाव्यकार खेमनाथ दाहालका सिर्जनालाई संगीतमार्फत श्रोतामाझ पुर्‍याउने उद्देश्यले

कालीगण्डकीमा पानीको बहाव बढ्यो, सतर्कता अपनाउन आग्रह

गण्डकी – वर्षासँगै कालीगण्डकी नदीमा पानीको बहाव बढेपछि तटीय क्षेत्रका

बिमा क्षेत्रको सुधारका लागि अध्ययन तथा सुझाव समिति गठन

काठमाडौं – अर्थ मन्त्रालयले बिमा क्षेत्रको सुधारका लागि अध्ययन तथा