सहकारी ठगी प्रकरण : जेल पुगेकी लीला ३७ लाख धरौटी बुझाएर छुटिन् « Khabarhub

सहकारी ठगी प्रकरण : जेल पुगेकी लीला ३७ लाख धरौटी बुझाएर छुटिन्


२६ पुस २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


546
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पोखरास्थित सूर्यदर्शन सहकारी संस्थाको बचत रकम हिनामिना प्रकरणमा पक्राउ परेकी लीला पछाईं ३७ लाख रुपैयाँ धरौटी जम्मा गरेर रिहा भएकी छन् ।

जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजलासले बिहीबार पछाईंसँग ३७ लाख रुपैयाँ धरौटी मागेको थियो । तर उनले उक्त धरौटी बुझाउन नसकेपछि बिहीबार कास्की कारागार चलान भएकी थिइन् ।

पछाईंले शुक्रबार जिल्ला अदालत कास्कीमा धरौटी बुझाएसँगै रिहा भएकी जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ।

पछाईं सूर्यदर्शन सहकारी र गोर्खा मिडिया नेट्वर्कका तत्कालीन अध्यक्ष गितेन्द्रबाबु राई (जीबी) को सहयोगीका रुपमा थिइन् ।

यस प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र उनका साझेदार छविलला जोशीसहित ६ जना बिहीबार नै धरौटी बुझाएर रिहा भएका थिए । तर लीलाले भने धरौटीमा नबुझाउँदा जेल पुगेकी थिइन् ।

लीलामाथि सहकारीका अध्यक्ष जीबीसँग मिलेर ३ करोड रुपैयाँभन्दा धेरै रकम आफ्नो बैंक खातामा राखेको पाइएको प्रहरीले जनाएको थियो । उनलाई पनि प्रहरीले गत असोज १५ गते पक्राउ गरेको थियो । त्यसयता उनी कास्की प्रहरीको हिरासतमा थिइन् ।

प्रकाशित मिति : २६ पुस २०८१, शुक्रबार  ४ : ०३ बजे

सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिका लागि १९ जनाको आवेदन

महेन्द्रनगर– खुल्ला प्रतिस्पर्धाबाट उपकुलपति नियुक्ति हुने भएपछि कञ्चनपुरको सुदूरपश्चिम विश्वविद्यालयको

नारायणगढ–मुग्लिन सडकमा पहिरोको उच्च जोखिम भएका ठाउँमा नियन्त्रणको काम गरिँदै

चितवन– नारायणगढ–मुग्लिन सडक खण्डका पहिरोको उच्च जोखिम भएका तीन ठाउँमा

अर्थमन्त्रीको जवाफ- नीति तथा कार्यक्रम अनुसार नै बजेट आउँछ 

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारको नीति तथा कार्यक्रम अनुसार

मोटरसाइकल एसेम्बलमा मूल्य अभिवृद्धि १ प्रतिशत कम, तर एउटै कम्पनीलाई ३ वर्षमा ६ अर्ब बढी कर छुट

काठमाडौं– सरकारले मूल्य अभिवृद्धि गर्ने उद्देश्य राखेर सवारी साधनको एसम्बल

दर्ता नभएका फार्मेसीमा औषधि बिक्री वितरण नगर्न विभागको निर्देशन 

काठमाडौं– औषधि व्यवस्था विभागले दर्ता नभएका औषधि पसल तथा फार्मेसीमा