‘ममी’को पोस्टरमा प्रियङ्काको हरर लुक्स « Khabarhub

‘ममी’को पोस्टरमा प्रियङ्काको हरर लुक्स


२६ पुस २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रदर्शन मिति माघ २५ तोकिएको हरर थ्रिलर फिल्म ‘ममी’को नयाँ पोस्टर सार्वजनिक भएको छ । निर्माण पक्षले शुक्रबार नायिका प्रियङ्का कार्कीको चरित्र खुल्ने पोस्टर सार्वजनिक गरेको हो ।

पोस्टरमा प्रियङ्का निलो रङको पहिरनमा त्रसित मुद्रामा छिन् । उनको पृष्ठभूमिमा कालो बिरालो देख्न सकिन्छ । उनको पृष्ठभूमिको भित्तामा रगत लत्पत्तिएको फोटो फ्रेम छ । उक्त फोटोमा नायक सुलक्षण भारती, बालकलाकार आयुषी ढकाल र जेभिस श्रेष्ठ छन् ।

निर्माण पक्षका अनुसार नकारात्मकताको प्रतिकस्वरूप पोस्टरमा कालो बिरालो र रगत लत्पत्तिएको फ्रेम राखिएको हो । समर निरौला निर्देशित यस फिल्म हरर जनरामा निर्माण भएको छ । फिल्ममा प्रियङ्का, सुलक्षण र दिया मास्के मुख्य भूमिकामा रहेको बताइएको छ ।

सो ट्वान्टी फाइभको प्रस्तुतिमा निर्माण भएको यस फिल्मको लेखक निर्देशक समर र पूर्णिमा जोशी हुन् । फिल्ममा लोकराज जोशी र पूर्णिमा जोशीको लगानी रहेको छ ।

प्रकाशित मिति : २६ पुस २०८१, शुक्रबार  ६ : ३७ बजे

रवि–बालेन भेटमा के कुरा भयो ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र

केपी ओलीलाई ईश्वर पोखरेलको चेतावनी : पार्टीमा कसैलाई काखा, कसैलाई पाखा नगरियोस्

काठमाडौँ – नेकपा एमालेका नेता ईश्वर पोखरेलले पार्टीमा कसैलाई काखा

यसरी हुँदैछ नेपाल आउने पर्यटकमाथि निगरानी

काठमाडौँ- अध्यागमन विभागले यही पुस १७ गतेदेखि काठमाडौँका तारे होटलहरूमा

हर्क साम्पाङले गरे उपाध्यक्ष मित्र परियारलाई निलम्बन

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अनुशासन उल्लङ्घन

एमालेको मुख्य ध्याय प्रतिनिधि सभा पुनर्स्थापना हो, चाँडै यो सरकार ढल्छ

काठमाडौं । नेकपा एमालेको पदाधिकारीमा निर्वाचित एकमात्र महिला पद्मा अर्याल