सांसदहरूलाई दलनिकट कर्मचारीका नेताले भने- ट्रेड युनियन हटाउने बहस नगर्नुस् « Khabarhub

सांसदहरूलाई दलनिकट कर्मचारीका नेताले भने- ट्रेड युनियन हटाउने बहस नगर्नुस्


२६ पुस २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- निजामती कर्मचारीका विभिन्न संगठनहरूले दलगत ट्रेड युनियन हटाउने गरी भएको बहसमा आपत्ति जनाएका छन् ।

सिंहदरबारमा शुक्रबार बसेको प्रतिनिधिसभाअन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकबारे सुझाव राख्दै निजामती कर्मचारीका विभिन्न संगठनका प्रतिनिधिले संगठित हुने अधिकार संविधानले नै दिएको भन्दै कुण्ठित नगर्न भनेका हुन् ।

बैठकमा नेकपा एमालेनिकट नेपाल निजामती कर्मचारी संगठनका अध्यक्ष लेखनाथ कोइरालाले ट्रेड युनियन अधिकारबारे विद्यमान कानुनका विषयलाई नै निरन्नरता दिनुपर्ने तर्क गरे ।

उनले मुलुकको परिवर्तनमा ट्रेड युनियनको भूमिकालाई नबिर्सन सुझाव दिँदै ट्रेड युनियन अधिकार खारेज गर्ने बहस उचित नभएको धारणा राखे ।

त्यस्तै नेपाली कांग्रेसनिकट नेपाल निजामती कर्मचारी युनियनका अध्यक्ष गोपाल पोखरेलले ट्रेड युनियन अधिकार कुण्ठित गर्नेदिशातर्फ नजान सुझाव दिए ।

निजामती सेवामा रहेर गलत गर्नेलाई कारबाही हुनुपर्नेमा आफूहरू स्पष्ट रहेको भन्दै उनले संवैधानिक अधिकार खोस्ने बहस नगर्न सांसदहरूलाई आग्रह गरेका छन् ।

त्यस्तै नेकपा माओवादी केन्द्रनिकट नेपाल राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष अम्बादत्त भट्टले ट्रेड युनियनलाई व्यवस्थित गर्न सकिने बताउँदै हटाउने कुरा उचित नभएको धारणा राखे ।

यसअघि विधेयकमाथिको छलफलका क्रममा कांग्रेस–एमाले सांसदहरूले दलगत ट्रेड युनियन हटाएर एउटैमात्रै आधिकारिक ट्रेड युनियन राख्नुपर्ने बताएका थिए ।

प्रकाशित मिति : २६ पुस २०८१, शुक्रबार  ५ : ०४ बजे

सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिका लागि १९ जनाको आवेदन

महेन्द्रनगर– खुल्ला प्रतिस्पर्धाबाट उपकुलपति नियुक्ति हुने भएपछि कञ्चनपुरको सुदूरपश्चिम विश्वविद्यालयको

नारायणगढ–मुग्लिन सडकमा पहिरोको उच्च जोखिम भएका ठाउँमा नियन्त्रणको काम गरिँदै

चितवन– नारायणगढ–मुग्लिन सडक खण्डका पहिरोको उच्च जोखिम भएका तीन ठाउँमा

अर्थमन्त्रीको जवाफ- नीति तथा कार्यक्रम अनुसार नै बजेट आउँछ 

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारको नीति तथा कार्यक्रम अनुसार

मोटरसाइकल एसेम्बलमा मूल्य अभिवृद्धि १ प्रतिशत कम, तर एउटै कम्पनीलाई ३ वर्षमा ६ अर्ब बढी कर छुट

काठमाडौं– सरकारले मूल्य अभिवृद्धि गर्ने उद्देश्य राखेर सवारी साधनको एसम्बल

दर्ता नभएका फार्मेसीमा औषधि बिक्री वितरण नगर्न विभागको निर्देशन 

काठमाडौं– औषधि व्यवस्था विभागले दर्ता नभएका औषधि पसल तथा फार्मेसीमा