मन्त्री भट्टराईद्वारा विमानस्थलमा निर्माण भएको कन्भेअर बेल्टको शुभारम्भ « Khabarhub

मन्त्री भट्टराईद्वारा विमानस्थलमा निर्माण भएको कन्भेअर बेल्टको शुभारम्भ


२० भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा जडान गरिएको कन्भेअर बेल्टको शुभारम्भ गरेका छन् ।

शुक्रबार एक कार्यक्रमकाबीच मन्त्री भट्टराईले कन्भेअर बेल्टको शुभारम्भ गरेका छन् ।

अब बेल्ट सञ्चालन भएसँगै आन्तरिक उडानबाट आएका यात्रुले अब आफ्ना सामान सहज रुपमा लिन सक्छन् ।

आन्तरिक उडानबाट आएका यात्रुले यसअघि आफ्ना सामान लिनका लागि लडाई गर्नुपर्ने अवस्था थियो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले यसले यात्रुलाई सहजता प्रदान गर्ने बताए ।

‘आफ्ना सामान लिनका लागि लडाई गर्नुपर्ने अवस्था रहेको र सामान नै तलमाथि हुने स्थिति रहेको थियो अब यसबाट छुटकारा पाइने भयो’ महाप्रबन्धक क्षेत्रीले भने ।

आफ्ना सामानहरु सहजताका साथ पाउनुपर्ने यात्रुहरुको अधिकार रहेको उनले बताए ।

साढे दुई करोड रुपैयाँको लगानीमा बनाइएको बेल्ट जडानको काम सकिएको छ ।

अहिले एउटा मात्र बेल्ट बनाइएको र त्यसले अपुग भएमा केही समयपछि थप गरिने महाप्रवन्धक क्षेत्रीले बताए ।

काठमाडौंमा रहेको एकमात्र विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिक उडानमार्फत प्रत्येक दिन २० हजारसम्म यात्रु आवतजावत गर्छन् ।

प्रकाशित मिति : २० भाद्र २०७६, शुक्रबार  १२ : ४३ बजे

पाकिस्तानविरुद्ध इंग्ल्यान्डको जित, ह्यारी ब्रुकको शतक

काठमाडौँ- आईसीसी टी–२० विश्वकपअन्तर्गत पाकिस्तानविरुद्ध इंग्यान्डले जित हासिल गरेको छ

अदालतले आदेश दिए पनि छुटेनन् दुर्गा प्रसाईँ

काठमाडौँ- सर्वोच्च अदालतले बन्दीप्रत्यक्षीकरण रिटमा रिहा गर्न आदेश दिए पनि

काठमाडौंसहित विभिन्न जिल्लामा असिना पानी, सबभन्दा धेरै संखुवासभामा

काठमाडौँ- पश्चिमी न्यून चापीय प्रणालीका कारण मंगलबार मौसम बदली हुँदा

निर्वाचन सुरक्षामा शंका गर्नुपर्दैन, ढुंक्क भएर मताधिकार प्रयोग गरौँ : प्रधानमन्त्री कार्की

काठमाडौँ- प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनको तयारी र समग्र सुरक्षा अवस्थाबारे

धादिङमा चट्याङ पर्दा गोरखाकी विनिसाको मृत्यु

धादिङ- धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–३ खुर्सानीटामा चट्याङ पर्दा एक किशोरीको मृत्यु