कानुनमन्त्री, मुख्यसचिव र कानुनसचिव लिएर शीतल निवासमा प्रधानमन्त्री ओली « Khabarhub

कानुनमन्त्री, मुख्यसचिव र कानुनसचिव लिएर शीतल निवासमा प्रधानमन्त्री ओली


२६ पुस २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति रामचन्द्र पौडलसँग संवादका लागि शीतल निवास पुगेका छन् ।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजय चौरसिया र मुख्यसचिव एकनारायण अर्याल र कानुन सचिव उदयराज सापकोटालाई समेत साथमा लिएर प्रधानमन्त्री ओलीले राष्ट्रपति पौडेलसँग संवाद गरेका हुन् ।

राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार भएको भेटमा देशको समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।

पछिल्लो समय सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने तयारी गरिरहेको चर्चा छ । अर्कातिर नेपाली कांग्रेस र नेकपा एमालेबीच संविधान संशोधनबारे पनि मतभिन्नता देखिइरहेको छ ।

दल विभाजनबारेको अध्यादेश आउने चर्चाबीच शुक्रबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सिंहदरबारमा विपक्षी तीन दलका नेतासँग लामो संवाद गरेका छन् ।

प्रकाशित मिति : २६ पुस २०८१, शुक्रबार  ५ : ३३ बजे

निर्वाचन ७८ दिन बाँकीः १० वटा मात्रै झण्डा प्रयोग पाउने, कस्तो बन्यो आचारसंहिता ?

काठमाडौं – निर्वाचन आयोगले चुनाव प्रचारप्रसारका क्रममा धेरै झण्डाको प्रयोग

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ? बढ्यो अमेरिकी डलरको मूल्य

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल पुस २ गते बुधबार तदनुसार

आज २०८२ साल पुस २ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस २ गते बुधबार तदनुसार

सरकार र नागरिक बचाउ अभियानका टोलीबीचको वार्ता सकारात्मक

काठमाडौं- सरकारद्वारा गठित वार्ता समिति र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति