स्वदेश फर्किए प्रधानमन्त्री ओली « Khabarhub

स्वदेश फर्किए प्रधानमन्त्री ओली


२० भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपचारका लागि सिंगापुर गएका प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्किएका छन् ।

प्रधानमन्त्री ओली थाइर एयरवेजको विमानमार्फत शुक्रबार मध्याह्न सिंगापुरबाट थाइल्याण्ड हुँदै काठमाडौं आइपुगेका हुन् । प्रधानमन्त्री ओली उपचारका लागि भदौ ५ गते सिंगापुर गएका थिए ।

‘प्लाज्मा फेरेसिस’ प्रक्रियाबाट मिर्गौलाको उपचारपछि प्रधानमन्त्री ओली शुक्रबार स्वदेश फर्किएका हुन् ।

प्रधानमन्त्री ओलीको बिहीबार मात्रै सातौं प्लाज्मा फेरिसिर गरिएको थियो ।

सिंगापुरको नेशनल युनिभर्सिटी हस्पिटलमा उपचार गराएका प्रधानमन्त्री ओलीलाई अस्पतालले बिहीबार नै डिस्चार्ज गरेको थियो ।

प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था बुझ्न सिंगापुर पुगेका नेकपा सचिवालय सदस्य बामदेव गौतम र महासचिव विष्णु पौडेलपनि प्रधानमन्त्रीसँगै स्वदेश फर्किएका छन् ।

प्रकाशित मिति : २० भाद्र २०७६, शुक्रबार  १२ : ४४ बजे

इन्धनको कृत्रिम अभाव गराउने पेट्रोल पम्पमाथि कारबाही होस् : ज्ञानेन्द्र शाही

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले पेट्रोलियम

नाटो शिखर सम्मेलनअघि किएभमा रुसी मिसाइल आक्रमण, आठ जनाको मृत्यु

किएभ– टर्कीमा मङ्गलबारदेखि सुरु हुने नाटो शिखर सम्मेलनको पूर्वसन्ध्यामा रुसले सोमबार

पार्टीको नीति एकातिर, प्रधानमन्त्री बालेन्द्रको कार्यशैली अर्कातिर : बलावती शर्मा 

काठमाडौं– सरकारले १०० दिन परिणाममुखी काम गरेको दाबी गरिरहँदा प्रतिपक्षहरू

धुलिखेल-खावा सडकखण्ड : रातका समयमा बन्द नगरिने 

काभ्रेपलाञ्चोक– बर्षात्का कारण निर्माणमा समस्या आउने भएकाले अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडकखण्डमा

कुवा संरक्षण चारकुनेवासी

तनहुँ– व्यास नगरपालिका–१ स्थित चारकुने गाउँका बासिन्दा सामुदायिक कुवाको संरक्षण