प्रधानमन्त्रीको सचिवालय भन्छ : दल विभाजनसम्बन्धी अध्यादेश आउँदैन « Khabarhub

प्रधानमन्त्रीको सचिवालय भन्छ : दल विभाजनसम्बन्धी अध्यादेश आउँदैन


२६ पुस २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


336
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने चर्चाबीच प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले त्यसलाई अस्वीकार गरेको छ।

प्रधानमन्त्रीको सचिवालयले अहिले दल विभाजनसम्बन्धी अध्यादेशबारे कुनै गृहकार्य नभएको स्पष्टीकरण दिएको छ।

दल विभाजनसम्बन्धी अध्यादेश आउन लागेको भन्दै विपक्षी दलका नेताहरू जुटिरहेका बेला खबरहबसँगको कुराकानीमा ओलीको सचिवालयले अहिले नै आउने सम्भावना नभएको जनाएको हो ।

शुक्रबार प्रधानमन्त्री ओलीले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेपछि यो अध्यादेश आउन सक्ने थप आशंका उब्जिएको छ ।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजय चौरसिया, मुख्यसचिव एकनारायण अर्याल र कानुन सचिव उदयराज सापकोटालाई साथमा लिएर प्रधानमन्त्री ओलीले राष्ट्रपति पौडेलसँग संवाद गरेपछि यस्तो शंका बढेको हो ।

यसबारे ओलीको सचिवालयले कानुनमा केही जटिलता रहेकाले सच्च्याउनका लागि राष्ट्रपतिसँग छलफल गर्न भेटेको दाबी गरेको छ ।

‘दल विभाजन गर्ने अध्यादेश र संविधान संशोधनको विषयमा कुरा गर्न होइन । प्रधानमन्त्री ओली केही कानुनी उल्झनबारे परामर्श गर्न जानुभएको हो । यो नियमित भेट पनि हो,’ सचिवालयका एक सदस्यले भने ।

प्रकाशित मिति : २६ पुस २०८१, शुक्रबार  ६ : २१ बजे

खेल सकिएपछि रोनाल्डोले क्यामराअघि चिच्याएर भने “म फर्किएँ !”

काठमाडौँ – आलोचना र दबाबका बीच क्रिस्टियानो रोनाल्डोले सानदार पुनरागमन

मनसुनी वायु फैलिँदै, केही भूभागमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

विश्वकप फाइनलमा अमेरिकी राष्ट्रपति ट्रम्प मुख्य आकर्षण बन्ने

न्यू जर्सी – विश्वकप फुटबलको फाइनल खेलको ट्रफी हस्तान्तरण समारोहमा

घानाविरुद्ध गोल गर्न चुक्यो इङ्ल्याण्ड : खेल बराबरीमा सकियो

काठमाडौँ – फिफा विश्वकप प्रतियोगिताअन्तर्गत भएको खेलमा इङ्ल्याण्ड र घानाले

रोनाल्डो चम्किँदा पोर्चुगल विजयी, उज्वेकिस्तान ५-० ले पराजित

काठमाडौँ – फिफा विश्वकप प्रतियोगिताअन्तर्गत आज भएको खेलमा पोर्चुगल विजयी