जनकपुरधाम–२४ का वडाध्यक्ष सहनी भ्रष्टाचार आरोपमा दोषी ठहर, ६ महिना कैद « Khabarhub

जनकपुरधाम–२४ का वडाध्यक्ष सहनी भ्रष्टाचार आरोपमा दोषी ठहर, ६ महिना कैद


२६ पुस २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


186
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– विशेष अदालतले जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–२४ का वडाध्यक्ष उपेन्द्र सहनीसहित ३ जनालाई भ्रष्टाचारको आरोपमा दोषी ठहर गरेको छ ।

वडाध्यक्ष सहनीसँगै वडा सचिव उपेन्द्र साह र कार्यालय सहयोगी विजय मण्डललाई अदालतले दोषी ठहर गरेको हो ।

अदालतले वडाध्यक्ष सहनीलाई ६ महिना कैद र २ लाख २५ हजार रुपैयाँ जरिवाना तोकेको छ । त्यस्तै, वडा सचिव साह र कार्यालय सहयोगी मण्डललाई जनही १ लाख १२ हजार ५०० रुपैयाँ जरिवानासहित ६ महिना कैदको फैसला सुनाएको छ ।

गत भदौ २५ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले वडाध्यक्ष सहनी, वडा सचिव साह र कार्यालय सहयोगी मण्डललाई पक्राउ गरेको थियो । उनीहरूले जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–२४ का एक सेवाग्राहीसँग घर बाटो सिफारिस गरेबापत घुस लिएका थिए ।

सेवाग्राहीले आफ्नो जग्गाको घर बाटो सिफारिसको लागि वडाध्यक्ष कार्यालयका सहयोगी मण्डलमार्फत साढे ४ लाख रुपैयाँ घुस दिएका थिए । अख्तियारको टोलीले उक्त रकमको लेनदेनमाथि छानबिन सुरु गरेको थियो ।

अख्तियारको अनुसन्धान टोलीले दोषीहरूलाई न्यायिक हिरासतमा राखेर विस्तृत अनुसन्धान अघि बढाएको थियो । अदालतमा पेस भएको प्रमाण र बयानका आधारमा विशेष अदालतले उनीहरूलाई दोषी ठहर गर्दै सजाय निर्धारण गरेको हो ।

प्रकाशित मिति : २६ पुस २०८१, शुक्रबार  ६ : ३६ बजे

नयाँ ठेक्काबाट घुमाउने पुल निर्माण हुन्छ : अर्थमन्त्री डा वाग्ले

तनहुँ – अर्थमन्त्री डा स्वर्णिम वाग्लेले घुमाउने पुलको निर्माण कार्य

बुवाको निधनपछि भावुक मेसीलाई रोनाल्डोले दिए सान्त्वना

काठमाडौं – अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेसी बुवा जोर्गे मेसीको

सर्लाहीमा ५१ लाख ३४ हजार रुपैयाँसहित एक जना पक्राउ

रौतहट – सर्लाहीमा स्रोत नखुलेको ५१ लाख ३४ हजार रुपैयाँसहित

सरकारले युवाको विश्वासलाई आत्मसात् गर्दै काम गरिरहेको छ : परराष्ट्रमन्त्री खनाल

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले जेनजी आन्दोलनपछि बनेको सरकारले युवाको

रुसी जहाज कब्जा गरिए प्रतिशोध गर्ने पुटिनको चेतावनी

मस्को – रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले पश्चिमी मुलुकले रुसी व्यापारिक