ओली स्वदेश फर्किँदा आकाशमा ‘ट्राफिक जाम’, रवीन्द्र मिश्रले पोखे विमान भित्रैबाट पीडा « Khabarhub

ओली स्वदेश फर्किँदा आकाशमा ‘ट्राफिक जाम’, रवीन्द्र मिश्रले पोखे विमान भित्रैबाट पीडा


२० भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली दुई साता लामो उपचार पछि शुक्रबार मध्याह्न काठमाडौं आइपुगेका छन् ।

प्रधानमन्त्री ओली शुक्रबार मध्याह्न १२ः३० बजेतिर काठमाडौं आइपुगेका हुन् ।

सामान्यतः राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्री विदेश जाँदा र विदेशबाट फर्किँदा नेपाली सेनाले विमानस्थलमै सलामी दिने चलन छ । तर, प्रधानमन्त्री ओलीले उपचारबाट फर्किदा भने सेनाको सलामी लिएनन् ।

यसअघि हुँदै आएको पत्रकार सम्मेलन पनि प्रधानमन्त्री ओली उपचार गरेर आउँदा भएन । तर, प्रधानमन्त्रीको विमान काठमाडौंमा अवतरण गर्दा हुने ‘एयर ट्राफिक जाम’ भने हटेन ।

शुक्रबार पनि ओलीको विमान काठमाडौंमा ल्याण्ड हुनुभन्दा १ घण्टा अगाडिदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हुने सबै उडान तथा अवतरण ठप्प पारिएको थियो ।

प्रधानमन्त्री ओली स्वदेश आउँदा भएको एयर ट्राफिक जामको मारमा शुक्रबार साझा पार्टीका संयोजक रवीन्द्र मिश्र पनि परे ।

काठमाडौंबाट विराटनगरका लागि विमान चढेका मिश्रले १ घण्टादेखि विमानमै बस्नु परेको आक्रोश सामाजिक सञ्जाल ट्वीटरमा पोखेका छन् ।

शुक्रबार मध्याह्न १२ः१० बजेतिर अपलोड भएको ट्वीटर सन्देशमा मिश्रले भनेका छन्–

ओली जामः
विराटनगर जान प्लेनमा बसेको १ घण्टा भयो । प्रधानमन्त्री ओलीको विमान अवतरण गर्न अर्को आधा घण्टा लाग्छ रे । हाम्रो मात्र होइन, सिंगो विमानस्थलको हाल यही छ । नेपाल भ्रमण वर्ष शुरु हुनु हगावै भीभीआईपी उडानका बेला विमानस्थल व्यवस्थापनको तालिम गर्न हुन विशेष अनुरोध छ ।

मिश्रले आफ्नो ट्वीट संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईलाई पनि मेन्सन गरेका छन् ।

प्रकाशित मिति : २० भाद्र २०७६, शुक्रबार  १ : १० बजे

पाकिस्तानविरुद्ध इंग्ल्यान्डको जित, ह्यारी ब्रुकको शतक

काठमाडौँ- आईसीसी टी–२० विश्वकपअन्तर्गत पाकिस्तानविरुद्ध इंग्यान्डले जित हासिल गरेको छ

अदालतले आदेश दिए पनि छुटेनन् दुर्गा प्रसाईँ

काठमाडौँ- सर्वोच्च अदालतले बन्दीप्रत्यक्षीकरण रिटमा रिहा गर्न आदेश दिए पनि

काठमाडौंसहित विभिन्न जिल्लामा असिना पानी, सबभन्दा धेरै संखुवासभामा

काठमाडौँ- पश्चिमी न्यून चापीय प्रणालीका कारण मंगलबार मौसम बदली हुँदा

निर्वाचन सुरक्षामा शंका गर्नुपर्दैन, ढुंक्क भएर मताधिकार प्रयोग गरौँ : प्रधानमन्त्री कार्की

काठमाडौँ- प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनको तयारी र समग्र सुरक्षा अवस्थाबारे

धादिङमा चट्याङ पर्दा गोरखाकी विनिसाको मृत्यु

धादिङ- धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–३ खुर्सानीटामा चट्याङ पर्दा एक किशोरीको मृत्यु