क्यालिफोर्निया आगलागीमा लुटपाट बढेपछि कर्फ्यु | Khabarhub Khabarhub

क्यालिफोर्निया आगलागीमा लुटपाट बढेपछि कर्फ्यु


२७ पुस २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

क्यालिफोर्निया– अमेरिकी राज्य क्यालिफोर्नियामा भएको आगलागी ५ दिन बितिसक्दा पनि नियन्त्रणमा आउन सकेको छैन । 

शनिबारसम्म पनि पूर्णरुपमा नियन्त्रणमा आउन नसकेको र आगलागीले तातो हावा बहेका कारण थप अगाडी बढने संकेत देखिएको छ । हालसम्म ४० हजार एकडमा फैलिएको सो आगोले २९ हजार एकडलाई पुर्णरूपमा ध्वस्त पारेको छ । 

आगलागीबाट हालसम्म ११ जनाको मृत्यु भइसकेको छ । राष्ट्रपति जो बाइडेनले धेरै मानिस अझै बेपत्ता रहेको बताएका छन् भने उद्धार र राहत कार्य सँगसँगै अघि बढाइएको उल्लेख गरिएको छ ।

उता, क्यालिफोर्नियाको सान्ता मोनिका सहरमा आगलागी र लुटपाट तिब्र भएको भन्दै स्थानीय प्रशासनले कर्फ्यु घोषणा गरेको छ, सो लुटपाट र कर्फ्यु उलङ्घनको आरोपमा हालसम्म २० जना पक्राउ परिसकेकाका छन् ।

उता, लस एन्जलसमा भएको आगलागीका कारण अहिलेसम्म १६ लाख करोड अमेरिकी डलर भन्दा बढीको क्षति भएको अनुमान गरिएको छ । यहाँको आगलागी केही हदसम्म नियन्त्रणमा आएको छ तर सप्ताहन्तमा फेरि तीव्र हावा चल्ने भएकाले आगो अझै बढ्न सक्ने जनाएको छ ।

प्रकाशित मिति : २७ पुस २०८१, शनिबार  २ : १६ बजे

प्रकृतिलाई खुसी पार्न तोरन तार्ने चलन

म्याग्दी– म्याग्दीको मङ्गला गाउँपालिका–५ र बागलुङको ताराखोला गाउँपालिका–४ को सिमानामा

बहुविवाह आरोपमा समातिएका एमाले केन्द्रीय सदस्य शेर्पा कारागारतिर

काठमाडौं- बहुविवाहको मुद्दामा मंगलबार अपरान्ह पक्राउ परेका नेकपा एमालेका केन्द्रीय

निश्चल बस्नेतलाई मातृ शोक

काठमाडौं- निर्देशक निश्चल बस्नेतलाई मातृ शोक परेको छ। १५ वर्षदेखि

मनाइयो कृषि परम्परासँग जोडिएको ऐतिहासिक पर्व सकिमना पुन्हि

काठमाडौं– कृषि परम्परासँग जोडिएको ऐतिहासिक पर्व सकिमना पुन्हि पर्व बुधबार

माओवादीसहितको एकता सभामा मिसिन पुगे झलनाथ खनाल

काठमाडौं- नेकपा माओवादी केन्द्रसहित नौ दल मिलेर बनेको नेपाली कम्युनिस्ट