क्यालिफोर्निया आगलागीमा लुटपाट बढेपछि कर्फ्यु « Khabarhub

क्यालिफोर्निया आगलागीमा लुटपाट बढेपछि कर्फ्यु


२७ पुस २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

क्यालिफोर्निया– अमेरिकी राज्य क्यालिफोर्नियामा भएको आगलागी ५ दिन बितिसक्दा पनि नियन्त्रणमा आउन सकेको छैन । 

शनिबारसम्म पनि पूर्णरुपमा नियन्त्रणमा आउन नसकेको र आगलागीले तातो हावा बहेका कारण थप अगाडी बढने संकेत देखिएको छ । हालसम्म ४० हजार एकडमा फैलिएको सो आगोले २९ हजार एकडलाई पुर्णरूपमा ध्वस्त पारेको छ । 

आगलागीबाट हालसम्म ११ जनाको मृत्यु भइसकेको छ । राष्ट्रपति जो बाइडेनले धेरै मानिस अझै बेपत्ता रहेको बताएका छन् भने उद्धार र राहत कार्य सँगसँगै अघि बढाइएको उल्लेख गरिएको छ ।

उता, क्यालिफोर्नियाको सान्ता मोनिका सहरमा आगलागी र लुटपाट तिब्र भएको भन्दै स्थानीय प्रशासनले कर्फ्यु घोषणा गरेको छ, सो लुटपाट र कर्फ्यु उलङ्घनको आरोपमा हालसम्म २० जना पक्राउ परिसकेकाका छन् ।

उता, लस एन्जलसमा भएको आगलागीका कारण अहिलेसम्म १६ लाख करोड अमेरिकी डलर भन्दा बढीको क्षति भएको अनुमान गरिएको छ । यहाँको आगलागी केही हदसम्म नियन्त्रणमा आएको छ तर सप्ताहन्तमा फेरि तीव्र हावा चल्ने भएकाले आगो अझै बढ्न सक्ने जनाएको छ ।

प्रकाशित मिति : २७ पुस २०८१, शनिबार  २ : १६ बजे

बसर अल असदलाई मृत्युदण्डको फैसला

काठमाडौं- सिरियाको अदालतले पूर्वराष्ट्रपति बसर अल असदलाई मृत्युदण्डको फैसला सुनाएको

कांग्रेस संस्थापन इतर समूहले भन्यो- सर्वोच्चबाट अन्तिम फैसला नआएसम्म महाधिवेशनसम्बन्धी सम्पूर्ण गतिविधि रोकौँ

काठमाडौं- नेपाली कांग्रेस संस्थापन इतर समूहको राष्ट्रिय भेला आयोजक समितिले

भुटानका दुई मन्त्रीले दिए राजीनामा

काठमाडौं- भुटानका दुई मन्त्रीले राजीनामा दिएका छन् । भुटानका गृहमन्त्री

सदनप्रति उत्तरदायी हुन तयार भएनन् प्रधानमन्त्री, सभामुखले भेटेरै बोलाउँदा पनि भने : विचार गरौँला

काठमाडौं- मंगलबार प्रतिनिधि सभाको बैठक सुरु हुनुअघि सभामुख डोलप्रसाद अर्यालयले

ट्रम्पले इरानसँग मागे क्षतिपुर्ति

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्भावित शान्ति सम्झौताका लागि नयाँ