इंग्ल्याण्डविरुद्धको टी-२० सिरिज : सूर्यकुमार भारतीय टिम कप्तान बन्दा अटाएनन् पन्त « Khabarhub

इंग्ल्याण्डविरुद्धको टी-२० सिरिज : सूर्यकुमार भारतीय टिम कप्तान बन्दा अटाएनन् पन्त


२८ पुस २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


801
Shares
  • change font
  • change font
  • change font

दिल्ली – भारतले इंग्ल्याण्डविरुद्ध हुने ५ खेलको टी-२० शृङ्खलाका लागि टोलीको घोषणा गरेको छ। सन् २०२३ को एक दिवसीय विश्वकपपछि मोहम्मद सामी पहिलो पटक टोलीमा फर्केका छन्।

सन् २०२४ को टी-२० विश्वकप विजयी टोलीका विकेट किपर ऋषभ पन्त भने टोलीमा छैनन्। सञ्जु सामसन र ध्रुव जुरेल टोलीमा छन्।
२२ जनवरीमा पहिलो खेल कोलकातामा हुने सो टी-२० शृङ्खलाका लागि भारतीय छनोटकर्ताले सूर्यकुमार यादवको नेतृत्वमा टोलीको छनोट गरेका हुन्।

एक दिवसीय शृङ्खला तथा अर्को महिना हुने च्याम्पियन्स ट्रफीका लागि टोलीको घोषणा गरेका छैनन्। च्याम्पियन्स ट्रफीका लागि अन्तिम टोली घोषणाको मिति १२ जनवरी नै हो।

अस्ट्रेलियासँगको अन्तिम टेस्टको दौरान हातमा चोट बोकेका जसप्रित बुमराह पनि टोलीमा छैनन्। पाखुराको चोटसँग सङ्घर्ष गरी रहेका ब्याटिङ अलराउण्डर रियान पराग पनि टोलीमा छैनन्। यशस्वी जयसवाल र शुभमन गिललाई पनि आराम दिइएको छ।

नोभेम्बरमा दक्षिण अफ्रिकासँग ३-१ को सफलता पाएको टोलीमा रहेका रमन दीप सिंह, जितेस शर्मा, अभेष खान, यस दयाल र विजय कुमार वयस्क यस पटक टोलीमा छैनन्।

अस्ट्रेलिया भ्रमणको दौरान टोलीमा रहेका नितिस कुमार रेड्डी, वासिङ्टन सुन्दर, हर्षित राना र ध्रुव जुरेलले उनीहरूलाई प्रतिस्थापन गरेका हुन्।

भारतीय क्रिकेट बोर्डले अक्षर पटेललाई उपकप्तान घोषित गरेको छ। यसअघि बङ्गलादेश र श्रीलंकासँगको शृङ्खलामा उपकप्तान चयन गरिएको थिएन भने जुलाईमा श्रीलंकासँग भएको शृङ्खलाका लागि गिलले उपकप्तानको जिम्मेवारी पाएका थिए।

२२ जनवरीदेखि २ फेब्रुअरीको बिचमा कोलकाता, चेन्नाइ, राजकोट, मुम्बई र पुनेमा खेल हुँदैछ। त्यसपछि ६ फेब्रुअरीमा नागपुर, ९ मा कटक तथा १२ मा अहमदाबादमा एक दिवसीय खेल हुनेछ। १९ फेब्रुअरीमा च्याम्पियन्स ट्रफी सुरु हुँदैछ।

भारतीय टोली
सूर्य कुमार यादव (कप्तान),सञ्जु सामसन (विकेट किपर), अभिषेक शर्मा, तिलक बर्मा, नितिस कुमार रेड्डी, मोहम्मद सामी, आर्सदिप सिंह, हर्षित राना, ध्रुव जुरेल (विकेट किपर), रिंकु सिंह, हार्दिक पाण्डे, अक्षर पटेल, रवि विस्नोइ, वरुण चक्रवर्ती र वासिङ्टन सुन्दर।

प्रकाशित मिति : २८ पुस २०८१, आइतबार  ६ : ३० बजे

३५ करोड लगानीमा नेपालमै ‘स्किन केयर’ सामग्री उद्योग

काठमाडौं– कोरियन प्रविधि र नेपाली उद्यमशीलताको संयोजनमा नेपालमै विश्वस्तरीय ‘स्किन केयर’

रानीसैनमा सशस्त्र र प्रहरीको अस्थायी ‘बिओपी’ र चौकी स्थापना

बाजुरा– हिमाली गाउँपालिकाको रानीसैन क्षेत्रको संरक्षण र नागरिकको सुरक्षाका लागि

स्वर्णिमको गुनासो- करलाई लिएर मेराबारे संगठित रुपमा अफवाह फैल्याइयो

काठमाडौं– अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले करका विषयमा आफूमाथि संगठित रुपमा अफवाह

इनड्राइभद्वारा ‘इनड्राइभसँग आफ्नै रोजाइमा, छैन प्रेसर’ ड्राइभर ३६० क्याम्पेन सार्वजनिक

काठमाडौं– इनड्राइभले नेपालमा सञ्चालनको पाँच वर्ष पूरा गरेको छ । नेपालमा पाँच

दल त्यागपछि एमालेका ८ वडा अध्यक्षको पद रिक्त

काठमाडौं– निर्वाचन आयोगले दल त्याग गरी अन्य राजनीतिक दलमा प्रवेश