महोत्तरीमा धान उत्पादन बढ्यो « Khabarhub

महोत्तरीमा धान उत्पादन बढ्यो


२८ पुस २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

जलेश्वर- महोत्तरीमा यस वर्ष धान उत्पादन बढेको छ । कृषि ज्ञान केन्द्र महोत्तरीका प्रमुख मनिष पालका अनुसार गत वर्षको तुलनामा यस वर्ष जिल्लामा ३७ हजार एक सय मेट्रिक टन धान बढी उत्पादन भएको हो ।

यस वर्ष कुल ४२ हजार पाँच सय हेक्टरमा गरिएको धानखेतीमा एक लाख ५९ हजार आठ सय मेट्रिक टन धान उत्पादन भएको हो । 

जुन गतवर्षको तुलनामा ३० दशमलव दुई प्रतिशतले बढी हो । गतवर्ष ३९ हजार आठ सय ७० हेक्टरमा धानखेती गरिँदा एक लाख २२ हजार सात सय मेट्रिक टन धान उत्पादन भएको थियो । 

महोत्तरीमा यस वर्ष पर्याप्त वर्षा, उन्नत प्रजातिका बिउ, समयमै मल खाद्य तथा कृषि प्राविधिकको साथ भएकाले धान उत्पादन बढेको प्रमुख पालले बताए । 

उनले मसिनो र सुगन्धित धान (बासमति, कारी कुमोद, तुलसी फूल) लगायतको धान उत्पादन, क्षेत्रफल र उत्पादकत्वमा भने ह्रास आएको बताए । उनका अनुसार यस वर्ष जिल्लामा केवल तीन हजार दुई सय ५० हेक्टरमा मसिनो धानखेती गरिएकोमा १० हजार छ सय २५ मेट्रिक टन धान उत्पादन भएको हो ।

केन्द्रका अनुसार जिल्लामा यस वर्ष मोटा धानको उत्पादकत्व प्रतिहेक्टर तीन दशमलव ७६ मेट्रिक टन छ भने मसिनो धानको उत्पादकत्व मात्र दुई दशमलव पाँच मेट्रिक टन छ । 

प्रकाशित मिति : २८ पुस २०८१, आइतबार  १ : ३७ बजे

गोरखा-१ बाट चुनाव लड्ने सुदन गुरुङको घोषणा

काठमाडौं- जेन-जी आन्दोलनमा पानी बाँडेर चर्चामा आएका सुधन गुरुङले आगामी

आयोग निर्वाचनको तीव्र तयारीमा छ : कार्यवाहक आयुक्त भण्डारी

काठमाडौं– निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले प्रतिनिधि सभा सदस्य

काठमाडौंका ९ सभापतिद्वारा विशेष महाधिवेशन अवैधानिक भन्दै संयुक्त विज्ञप्ति जारी 

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनको विरोधमा काठमाडौंका ९ जना

कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक

काठमाडौं– नेपाली कांग्रेसका विशेष महाधिवेशन पक्षधरहरूले आह्वान गरेको विशेष महाधिवेशनको

स्वास्थ्य बिमा सुधारका लागि सरकार प्रयासरत छ : स्वास्थ्यमन्त्री

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा शर्मा गौतमले स्वास्थ्य बिमा