कलुवापुरमा खानेपानी समस्या हट्यो « Khabarhub

कलुवापुरमा खानेपानी समस्या हट्यो


२८ पुस २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिका–११ का बासिन्दालाई सहज खानेपानी उपलब्ध गराउन पाँच करोड रुपैयाँको लागतमा कलुवापुर खानेपानी आयोजना सञ्चालनमा आएको छ । 

आयोजनाअन्तर्गत दुई लाख २५ हजार लिटर क्षमताको ट्याङ्की, दुई वटा डिपट्युबेल जडान, ५० किलोमिटर पाइप लाइन विस्तार गरिएको छ । उपभोक्तालाई चौबीसै घण्टा दैनिक पानी उपलब्ध गराउने व्यवस्था गरिएको खानेपानी उपभोक्ता समितिका अध्यक्ष विनोदकुमार दमाईले बताए ।

 उनका अनुसार हालसम्म निजी पाँच सय ६५, सार्वजनिक तीन वटा धारा जडान गरिएको छ । आठ कट्ठा क्षेत्रमा पक्की पर्खालसहितको आयोजनाको कार्यालय भवन निर्माण गरिएको छ । यसका अतिरिक्त पानी प्रशोधनका लागि संयन्त्र निर्माण, भल्व च्याम्बर २७ वटा, मेन भल्व च्यामबर एक र पानी परीक्षण गर्ने मेसिन एक राखिएका छन् । आयोजनाको रेखदेख र सञ्चालनका लागि तीन जना कर्मचारीको व्यवस्था गरिएको छ ।
 
समितिले धारा जडानका लागि दुई हजार रुपैयाँ शुल्क लिने गरेको छ । पानीमा महसुल दर १० युनिटसम्म खपत गर्ने ग्राहकबाट एक सय रुपैयाँ शुल्क लिने गरिएको समितिका कोषाध्यक्ष टेकबहादुर भण्डारीले बताए  ।

‘उपभोक्तालाई शुद्ध खानेपानी उपलब्ध गराउन महिनाको दुई पटक ट्याङ्की सरसफाइ गर्ने व्यवस्था गरेका छौँ’, उनले भने, ‘पानी परीक्षण संयन्त्रबाट वितरण गरिने पानीको गुणस्तर मापन कार्य पनि हुन्छ, पानीको आपूर्तिमा बाधा आउन नदिन टुटफुट भएका ठाउँमा तत्कालै कर्मचारी खटाएर मर्मत हुन्छ ।’

 विद्युत् अभाव भएका बेला पानी निरन्तर उपलब्ध गराउन भने कठिनाइ हुँदै आएको उनले उल्लेख गरे । आर्थिक अभावले सोलार तथा जेनेरेटरको व्यवस्था गर्न नसकिएकाले अनुदानमा उपलब्ध गराउने दातृ निकायको खोजीमा रहेको उनले बताए ।

वडाको वर्तमान जनसङ्ख्या १५ हजार एक सय ३० छ । जसमा एक हजार सात सय परिवार रहेका छन् । सबै घरपरिवारमा खानेपानी पुर्‍याउने लक्ष्यका साथ समितिले काम अगाडि बढाउँदै आएको जनाएको छ । आयोजना निर्माण कार्य २०६७ सालदेखि थालिएको थियो । बजेट अभाव, कोरोना महामारीलगायत कारणले निर्माण कार्य ढिलो भएको बताइएको छ । आयोजनालाई पूर्ण क्षमताका साथ सञ्चालन गर्न अझै केही समय लाग्ने भएको छ ।

प्रकाशित मिति : २८ पुस २०८१, आइतबार  १ : ४४ बजे

भोटेकोशी बाढीको एक महिना : पुनःस्थापनाको बाटो अझै लामो 

काठमाडौं – गत भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको

पाकिस्तानको बलुचिस्तानमा सैन्य कारबाही, १६ आतंकवादी मारिए

एजेन्सी– पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा पछिल्लो ४८ घण्टामा भएका छुट्टाछुट्टै

स्वास्थ्य सेवालाई नागरिकको पहुँचमा पुर्‍याउने मुख्यमन्त्री थापाको प्रतिबद्धता

ललितपुर– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले स्वास्थ्य सेवामा नागरिकको सहज

झरीमा पनि बागलुङ कालिकाको दर्शनमा भक्तजन (तस्बिरहरू)

बागलुङ- निरन्तर वर्षा भइरहे पनि बागलुङको प्रसिद्ध धार्मिकस्थल बागलुङ कालिका

तेह्र देशका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी र सूचना आह्वान

काठमाडौं– नेपाल सरकारले १३ देशका लागि राजदूत पदमा नियुक्तिका लागि