रविको मुद्दा हेर्दाहेर्दैमा, अदालतले लगायो प्रहरीको जिम्मा « Khabarhub

रविको मुद्दा हेर्दाहेर्दैमा, अदालतले लगायो प्रहरीको जिम्मा


२८ पुस २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


993
Shares
  • change font
  • change font
  • change font

काठमाडौं‌ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति तथा सहकारी ठगी आरोपित रवि लामिछानेको मुद्दा हेर्दाहेर्दैमा राखिएको छ ।

काठमाडौं जिल्ला अदालतमा बयान सकिएपनि थुनछेक बहस नभएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको हो । जिल्ला न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले सोमबार पुनः अदालतमा पेश गर्नेगरी प्रहरीको जिम्मा लगाउने आदेश जारी गरेको सूचना अधिकारी अमरबहादुर चन्दले जानकारी दिए ।

चन्दका अनुसार; रविलाई हाल काठमाडौं प्रहरी परिसर भद्रकालीले जिम्मा लिएर लगेको छ । बहस नसकिउञ्जेल प्रहरीकै जिम्मामा लामिछाने अदालत उपस्थित हुनेछन्‌ ।

काठमाडौं अदालतमा कालिमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनसम्बन्धी मुद्दामा प्रतिवादी लामिछानसँग दिनभर बयान लिइएको थियो ।

जिल्ला प्रहरी परिसर, काठमाडौंले गत पुस २१ गते लामिछानेसहित ३९ जनालाई प्रतिवादी बनाउँदै मुद्दा दर्ता गर्न सुझाव दिएपछि उनी अदालतमा हाजिर भएका थिए ।

उक्त सहकारीबाट ६९० बचतकर्ताको १ अर्ब १९ करोड ३० लाख ९० हजार ४९३ रुपैयाँ हिनामिना भएको आरोप छ ।

प्रकाशित मिति : २८ पुस २०८१, आइतबार  ४ : ३६ बजे

पाकिस्तानको बलुचिस्तानमा सैन्य कारबाही, १६ आतंकवादी मारिए

एजेन्सी– पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा पछिल्लो ४८ घण्टामा भएका छुट्टाछुट्टै

स्वास्थ्य सेवालाई नागरिकको पहुँचमा पुर्‍याउने मुख्यमन्त्री थापाको प्रतिबद्धता

ललितपुर– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले स्वास्थ्य सेवामा नागरिकको सहज

झरीमा पनि बागलुङ कालिकाको दर्शनमा भक्तजन (तस्बिरहरू)

बागलुङ- निरन्तर वर्षा भइरहे पनि बागलुङको प्रसिद्ध धार्मिकस्थल बागलुङ कालिका

तेह्र देशका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी र सूचना आह्वान

काठमाडौं– नेपाल सरकारले १३ देशका लागि राजदूत पदमा नियुक्तिका लागि

पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासेमा सबैभन्दा बढी वर्षा

काठमाडौं– पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासे क्षेत्रमा सबैभन्दा बढी १८९