स्कोर्पियो चढेर आएका रविलाई भ्यानमा हालेर प्रहरीले लग्यो हिरासत « Khabarhub

स्कोर्पियो चढेर आएका रविलाई भ्यानमा हालेर प्रहरीले लग्यो हिरासत


२८ पुस २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


942
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आइतबार बिहान कार्यालय खुल्नुअघि नै जिल्ला अदालत काठमाडौं पुगिसकेका थिए ।

केही सहयोगीसहित स्कोर्पियो चढेर रवि बबरहमहलस्थित जिल्ला अदालत परिसर पुगेका थिए ।

कलंकीस्थित स्वर्णलक्ष्मी सहकारी संस्थाको बचत रकम ठगी अभियोगमा मु्द्दा दर्ता भएपछि उनी बिहबार पोखराबाट छुटेपछि आइतबार काठमाडौं जिल्ला अदालतमा बयानका लागि हाजिर भएका थिए ।

बिहान अदालत परिसरमा झुल्किँदा उनी मुस्कुराउँदै स्कोर्पियोबाट झरे । त्यसपछि उनले इजलासभित्र छिर्नुअघि अदालतको गेटमा समर्थक र पत्रकारलाई हात हल्लाउन भ्याए ।

त्यसपछि जिल्ला न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा उपस्थित भएका उनीसँग बयान थालिएको थियो । आइतबार नै बयान सकिए पनि थुनछेक बहस सुरु हुन सकेन ।

स्कोर्पियोमा अदालत पुगेका रवि लामिछाने

थुनछेक बहस अघि नबढेपछि न्यायाधीश अधिकारीकै आदेशमा उनलाई हिरासतमा पठाइएको हो । हिरासतमा पठाउने आदेशपछि इजलासबाट बाहिरिने क्रममा रवि बिहान जस्तै शैलीमा प्रस्तुत भए ।

अदालतबाहिर जम्मा भएका पत्रकार र समर्थकलाई उनले बिहानकै शैलीमा हात हल्लाउन भ्याए । हिरासतमा जानुअघि उनले आफ्‍ना समर्थकलाई सलाम गर्दै प्रहरीको भ्यानमा चढे ।

प्रहरीले पनि उनलाई भ्यानमा चढाउने क्रममा सलाम गर्न भ्याए । थुनछेक बहस नसकिएपछि लामिछानेलाई अब काठमाडौं प्रहरी परिसरको भद्रकालीस्थित नयाँ हिरासतमा राखिनेछ । काठमाडौं परिसरले नयाँ कार्यालयमा भीआईपी थुनुवाहरूलाई राख्न सुविधायुक्त हिरासत बनाएको छ ।

अब यो मुद्दामा सोमबारदेखि थुनछेक बहस हुने काठमाडौं जिल्ला अदालतले जनाएको छ ।

प्रहरीले कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सरकारी संस्थाको रकम अपचलन गरेको आरोपमा लामिछानेसहित ४४ जनाविरुद्ध मुद्दा दर्ता गरेको थियो ।
उक्त सहकारीबाट अपचलन भएको रकमसहित प्रहरीले १ अर्ब १९ करोड ४९ लाख २१ हजार २७० रुपैयाँ बिगो मागदाबी गरिएको छ । लामिछाने पोखराको सूर्यदर्शन सहकारी ठगी मुद्दामा यही बिहीबार ६५ लाख धरौटी बुझाएर रिहा भएका थिए ।

प्रकाशित मिति : २८ पुस २०८१, आइतबार  ५ : १६ बजे

अर्थमन्त्रीको जवाफ- नीति तथा कार्यक्रम अनुसार नै बजेट आउँछ 

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारको नीति तथा कार्यक्रम अनुसार

मोटरसाइकल एसेम्बलमा मूल्य अभिवृद्धि १ प्रतिशत कम, तर एउटै कम्पनीलाई ३ वर्षमा ६ अर्ब बढी कर छुट

काठमाडौं– सरकारले मूल्य अभिवृद्धि गर्ने उद्देश्य राखेर सवारी साधनको एसम्बल

दर्ता नभएका फार्मेसीमा औषधि बिक्री वितरण नगर्न विभागको निर्देशन 

काठमाडौं– औषधि व्यवस्था विभागले दर्ता नभएका औषधि पसल तथा फार्मेसीमा

चीन र स्विटजरल्यान्डले दिने अनुदान रकम स्वीकार गर्ने सरकारको निर्णय

काठमाडौं- सरकारले उत्तरी छिमेकी चीन र युरोपेली मुलुक स्विटजरल्यान्डबाट प्राप्त

हटाइएका सुकुम्वासीलाई सरकारले पुनर्स्थापना खर्च २५ हजार दिने

काठमाडौं- वालेन्द्र शाह नेतृत्वको सरकारले काठमाडौंको नदी किनारबाट हटाइएका भूमिहीन