रविको थुनछेक बहस सोमबार ११ बजेदेखि, पुर्पक्षको टुंगो नहुन्जेल हिरासतमै रहने « Khabarhub

रविको थुनछेक बहस सोमबार ११ बजेदेखि, पुर्पक्षको टुंगो नहुन्जेल हिरासतमै रहने


२८ पुस २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


198
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको थुनछेक बहस सोमबार बिहान ११ बजेदेखि थालिने भएको छ ।

आइतबार बिहानदेखि न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा बयान सकिएको छ । आइतबार नै थुनछेक बहस सुरु गर्ने भनिए पनि समयभावका कारण हुन सकेन । त्यहीकारण अब सोमबार बिहानदेखि थुनछेक बहस थालिने काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी अमरबहादुर चन्दले बताए ।

‘भोलिबाट थुनछेक बहस हुने छ । कति दिनमा बहस सक्नेबारे पनि भोलि छलफल होला,’ चन्दले खबरहबलाई भने, ‘भोलि ११ बजेका लागि इजलास बोलाइएको छ । अब थुनछेक बहस नसकुञ्जेल रविलाई प्रहरीले नै लाने-ल्याउने जिम्मेवारी पाएको छ ।’

चन्दका अनुसार उनलाई काठमाडौं प्रहरी परिसर भद्रकालीले जिम्मा लिएर हिरासतमा लगेको छ । काठमाडौं अदालतमा कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनसम्बन्धी मुद्दामा प्रतिवादी लामिछानेसँग बयान लिइएको हो ।

जिल्ला प्रहरी परिसर, काठमाडौंले गत पुस २१ गते लामिछानेसहित ३९ जनालाई प्रतिवादी बनाउँदै मुद्दा दर्ता गर्न सुझाव दिएपछि उनी अदालतमा हाजिर भएका थिए ।

उक्त सहकारीबाट ६९० बचतकर्ताको १ अर्ब १९ करोड ३० लाख ९० हजार ४९३ रुपैयाँ हिनामिना भएको आरोप छ ।

लामिछाने कास्की प्रहरी हिरासतबाट गत बिहीबार ८४ दिनपछि छुटेका थिए । त्यसपछि उनी आइतबार काठमाडौं अदालतमा हाजिर भएका हुन् । उनलाई परिवारको जिम्मामा छाड्न न्यायाधीशसँग आग्रह गरिएको थियो ।

तर न्यायाधीश अधिकारीको इजलासले उनलाई पुर्पक्षसम्बन्धी टुंगो नहुन्जेलसम्मलाई छाड्न अस्वीकार गरेको हो ।

प्रकाशित मिति : २८ पुस २०८१, आइतबार  ५ : ३६ बजे

कोलम्बियाको सैन्य बेसमा आक्रमण : ७ सैनिकको मृत्यु, ३० घाइते

काठमाडौं– कोलम्बियाको उत्तरपूर्वी शहर अगुआचिकामा रहेको एक सैन्य बेसमा विद्रोही

राष्ट्रपति पौडेलको असावधानीकै कारण प्रतिनिधिसभा विघटन भयो : महेश बर्तौला

काठमाडौं– नेकपा एमालेका नेता महेश बर्तौलाले राष्ट्रपति रामचन्द्र पौडेलकै कारण

मधेस प्रदेशसभा : सभामुख पदका लागि नाम दर्ता

महेन्द्रनगर (धनुषा)- मधेस प्रदेशसभाको सभामुख पदका लागि जनता समाजवादी पार्टी

सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्छ : मन्त्री घिसिङ

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र

ड्रोन प्रविधि विस्तारका लागि रूसमा जनशक्ति अभाव

मस्को- रूसलाई ड्रोन क्षेत्रमा करिब ४४ हजार दक्ष तथा विशेष