लन्डनमा चिनियाँ ‘सुपर–एम्बेसी’ प्रस्ताव खारेज | Khabarhub Khabarhub

लन्डनमा चिनियाँ ‘सुपर–एम्बेसी’ प्रस्ताव खारेज


२१ पुस २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – लन्डनको टावर ह्याम्लेट्स काउन्सिलले ऐतिहासिक टावर अफ लन्डन नजिकै चिनियाँ ूसुपर(एम्बेसीू निर्माणको प्रस्ताव सर्वसम्मत रूपमा खारेज गरेको छ। ७००,००० वर्गफुट क्षेत्रफलको प्रस्तावित यो दूतावासले स्थानीय सुरक्षा र गोपनीयताको चिन्तालाई पुनः अगाडि ल्याएको छ।

प्रस्तावित दूतावासलाई चीनको विश्वव्यापी निगरानी र असहमति दमन रणनीतिको हिस्सा मानिएको छ। स्थानीय समुदाय, मेट्रोपोलिटन प्रहरीले उठाएका गम्भीर सुरक्षा चिन्ताहरूका आधारमा काउन्सिलले यो निर्णय गरेको हो। मेट्रोपोलिटन प्रहरीले दूतावासको सुरक्षा व्यवस्थाले अत्यधिक स्रोतको माग गर्ने र दैनिक सुरक्षामा बाधा पुर्‍याउन सक्ने चेतावनी दिएको थियो।

चिनियाँ दूतावासको स्थान रणनीतिक हिसाबले तिब्बती, उइगर, हङकङका नागरिक, र लोकतन्त्र समर्थक कार्यकर्ताहरूका लागि सम्भावित खतरा ठहरिएको छ। अधिकारवादी समूहहरूले यसलाई चिनियाँ सरकारले आप्रवासी समुदायहरूलाई नियन्त्रण गर्न प्रयोग गर्न सक्ने दमन केन्द्रको रूपमा व्याख्या गरेका छन्।

चिनियाँ सरकारको तर्फबाट प्रस्तावको रक्षा गर्दै मेगादूतावासलाई निर्माण अनुमति दिन अन्तर्राष्ट्रिय कानूनी दायित्वको हवाला दिइएको छ। तर, यो कदमले प्रजातान्त्रिक मुलुकहरूको सार्वभौमसत्तामाथि चिनियाँ दबाबको गम्भीर मुद्दा उठाएको छ।

प्रकाशित मिति : २१ पुस २०८१, आइतबार  १० : २२ बजे

चिकित्सा शिक्षा आयोगको २०औँ बैठक : पिसिएल नर्सिङको कोटा निर्धारण

काठमाडौं – चिकित्सा शिक्षा आयोगको आजको २०औँ बैठकले प्राविधिक तथा

छाउगोठमा महिलाको मृत्युबारे स्थलगत अनुगमन

धनगढी – सुदूरपश्चिम प्रदेश सभाको सामाजिक विकास समितिले कञ्चनपुरका छाउपडी

मुस्ताङमा सार्वजनिक जग्गामा स्याउका बिरुवा रोप्न रोक

मुस्ताङ – मुस्ताङको घरपझोङ–२ मार्फा राज खोलास्थित सार्वजनिक जग्गामा स्याउका

पुराना कानुनी दस्तावेज ऐतिहासिक सम्पदा हुन्ः प्रधानन्यायाधीश राउत

काठमाडौं – प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले पुराना कानुनी दस्तावेज ऐतिहासिक सम्पदा

उच्च अदालत पोखराको मुद्दा फर्छ्यौटमा सुधार

गण्डकी – सर्वोच्च अदालतको पञ्चवर्षीय रणनीतिक योजनाअन्तर्गत उच्च अदालत पोखराले