चिसो बढेपछि ढोरपाटनका विद्यालय बन्द « Khabarhub

चिसो बढेपछि ढोरपाटनका विद्यालय बन्द


२८ पुस २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

बागलुङ – अत्यधिक चिसो बढेपछि बागलुङको ढोरपाटन उपत्यका क्षेत्रका विद्यालय बन्द भएका छन् । केही दिनयता अत्यधिक चिसो बढेपछि यही पुस २६ गतेदेखि उपत्यकाका ६ विद्यालय बन्द गरिएका हुन् । ढोरपाटन नगरपालिका–९ ढोरपाटनमा पर्ने ती विद्यालय अब माघ तेस्रो साता मात्रै खुल्ने छन् ।

अत्यधिक चिसो बढेपछि पाखाथरस्थित ज्योति विकास माध्यमिक विद्यालय, छेन्तुङको सिद्धबराह प्राथमिक विद्यालय, सहलथानस्थित सहलथान प्राथमिक विद्यालय, दिजाको बाल ज्योति प्राथमिक विद्यालय, मसस्थित ढोरपाटन दुर्गम प्राथमिक विद्यालय र स्यालपाखेस्थित ढोरबहारा प्राथमिक विद्यालय बिहीबारदेखि बन्द भएका ढोरपाटन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चीरञ्जीवी घिमिरेले जानकारी दिए।

जनवादी आधारभूत विद्यालय भने घुम्ती पढाइका लागि ढोरपाटन नगरपालिका–९ बोबाङमा झरेको छ । चिसोले विद्यार्थी कठ्याङग्रिएपछि पठनपाठन बन्द गरिएको उनले बताए ।

“हिउँदमा ढोरपाटन क्षेत्रमा पठनपाठन गर्न समस्या हुन्छ, त्यसैले आगामी माघ २० गतेसम्म विद्यालय बन्द गरेका छौँ”, घिमिरेले भने,, “अहिले बन्द भएका विद्यालयमा वर्खामा भने नियमित पढाइ हुन्छ ।”

जनवादी आधारभूत विद्यालय बोबाङबाट अहिले सञ्चालन हुने हुँदा वर्खामा बिदा हुँदैन । ढोरपाटनका विद्यालयमा करिब तीन सय बढी विद्यार्थी अध्ययनरत छन् । ज्योति विकास माध्यमिक विद्यालयका प्रधानाध्यापक चकबहादुर अदैले चिसोका कारण बालबालिका बिरामी पर्न थालेपछि पठनपाठन बन्द गरिएको बताए ।

प्रकाशित मिति : २८ पुस २०८१, आइतबार  १० : २८ बजे

राष्ट्रपति पौडेलको असावधानीकै कारण प्रतिनिधिसभा विघटन भयो : महेश बर्तौला

काठमाडौं– नेकपा एमालेका नेता महेश बर्तौलाले राष्ट्रपति रामचन्द्र पौडेलकै कारण

मधेस प्रदेशसभा : सभामुख पदका लागि नाम दर्ता

महेन्द्रनगर (धनुषा)- मधेस प्रदेशसभाको सभामुख पदका लागि जनता समाजवादी पार्टी

सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्छ : मन्त्री घिसिङ

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र

ड्रोन प्रविधि विस्तारका लागि रूसमा जनशक्ति अभाव

मस्को- रूसलाई ड्रोन क्षेत्रमा करिब ४४ हजार दक्ष तथा विशेष

महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान

पोखरा– सिरानमा चाँदीजस्तै टल्किरहेका माछापुच्छ्रे र अन्नपूर्ण हिमशृङ्खला । तल