चिसो बढेपछि ढोरपाटनका विद्यालय बन्द « Khabarhub

चिसो बढेपछि ढोरपाटनका विद्यालय बन्द


२८ पुस २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

बागलुङ – अत्यधिक चिसो बढेपछि बागलुङको ढोरपाटन उपत्यका क्षेत्रका विद्यालय बन्द भएका छन् । केही दिनयता अत्यधिक चिसो बढेपछि यही पुस २६ गतेदेखि उपत्यकाका ६ विद्यालय बन्द गरिएका हुन् । ढोरपाटन नगरपालिका–९ ढोरपाटनमा पर्ने ती विद्यालय अब माघ तेस्रो साता मात्रै खुल्ने छन् ।

अत्यधिक चिसो बढेपछि पाखाथरस्थित ज्योति विकास माध्यमिक विद्यालय, छेन्तुङको सिद्धबराह प्राथमिक विद्यालय, सहलथानस्थित सहलथान प्राथमिक विद्यालय, दिजाको बाल ज्योति प्राथमिक विद्यालय, मसस्थित ढोरपाटन दुर्गम प्राथमिक विद्यालय र स्यालपाखेस्थित ढोरबहारा प्राथमिक विद्यालय बिहीबारदेखि बन्द भएका ढोरपाटन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चीरञ्जीवी घिमिरेले जानकारी दिए।

जनवादी आधारभूत विद्यालय भने घुम्ती पढाइका लागि ढोरपाटन नगरपालिका–९ बोबाङमा झरेको छ । चिसोले विद्यार्थी कठ्याङग्रिएपछि पठनपाठन बन्द गरिएको उनले बताए ।

“हिउँदमा ढोरपाटन क्षेत्रमा पठनपाठन गर्न समस्या हुन्छ, त्यसैले आगामी माघ २० गतेसम्म विद्यालय बन्द गरेका छौँ”, घिमिरेले भने,, “अहिले बन्द भएका विद्यालयमा वर्खामा भने नियमित पढाइ हुन्छ ।”

जनवादी आधारभूत विद्यालय बोबाङबाट अहिले सञ्चालन हुने हुँदा वर्खामा बिदा हुँदैन । ढोरपाटनका विद्यालयमा करिब तीन सय बढी विद्यार्थी अध्ययनरत छन् । ज्योति विकास माध्यमिक विद्यालयका प्रधानाध्यापक चकबहादुर अदैले चिसोका कारण बालबालिका बिरामी पर्न थालेपछि पठनपाठन बन्द गरिएको बताए ।

प्रकाशित मिति : २८ पुस २०८१, आइतबार  १० : २८ बजे

निजी क्षेत्रलाई सरकारले उच्च प्राथमिकता दिएको छ : प्रधानमन्त्री शाह

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले देशको पर्यटन प्रवर्द्धनका निम्ति द्रुत गतिमा काम भइरहेकाले

‘प्रि-आईपीओका अवैध क्रियाकलाप नियन्त्रण गर्न शून्य सहनशीलताको नीति लिएका छौँ’

काठमाडौं– नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष डा. गोपालप्रसाद भट्टले

किसानलाई समयमा नै मल आपूर्ति गर्नुपर्नेमा जोड

काठमाडौं– राष्ट्रियसभाका सांसदले उचित समयमा रासायनिक मल नपाउँदा किसान समस्यामा

फेरि होर्मुजमा नौसैनिक नाकाबन्दी लागू, इरान–अमेरिका तनाव थप चर्कियो

तेहरान– अमेरिकाले इरानविरुद्धको सैन्य अभियानलाई निरन्तरता दिँदै होर्मुज जलडमरूमध्य तथा

सरकारलाई नेकपाले भन्यो- सस्तो लोकप्रियता र प्रचारमुखी गतिविधिले बरबादीतर्फ लैजान्छ

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सांसद महेन्द्रबहादुर शाहीले सरकार