मिथिलाञ्चलमा तिला सङ्क्रान्तिको रौनक « Khabarhub

मिथिलाञ्चलमा तिला सङ्क्रान्तिको रौनक


२९ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

जलेश्वर – मिथिलाञ्चल क्षेत्रमा तिला सङ्क्रान्ति (माघे सङ्क्रान्ति) पर्वको रौनक छाएको छ । मिथिलाञ्चलमा धूमधामसँग मनाइने यो पर्वको चहलपहल अहिले यहाँका गाउँ बस्तीमा सुरु भइसकेको जलेश्वर नगरपालिका(५ का संस्कृतिविद् ध्रुव राउतले बताए। 

यस पर्वमा मिथिलाञ्चलमा चिउरा, भुजा र तिलमा सक्खर हालेर बनाइएको लड्डु खाने चलन छ । साथै खिचडी र दही, चिउराको भोजन गर्ने चलन पनि रहेको जलेश्वर नगरपालिका–१ स्थित बाबा जलेश्वरनाथ महादेवका पूजारी उपेन्द्र पाठकले बताए। 

पर्व सुरु हुनुभन्दा अघि नै घरघरमा तिल, चिउरा र भुजा ल्याएर लड्डु बनाउने चलन रहेको जलेश्वर–८ की रेणु मण्डल बताउँछिन्।

यहाँका महिलाका समूहले एकले अर्कोलाई सहयोग गर्दै टोलभरिकै घरमा गएर चिउरा, भुजा र तिलमा सक्खर हालेर लड्डु बनाउने भएकाले पर्वको रौनक अहिले मिथिलाको गाउँ गाउँमा देख्न सकिने जलेश्वर-११ की कञ्चन बिच्छाले बताइन्।  

प्रकाशित मिति : २९ पुस २०८१, सोमबार  २ : १६ बजे

एसियन छनोट खेलको लागि क्रिकेट खेलाडी छनोट

काठमाडौं– नेपाल क्रिकेट सङ्घ (क्यान)ले सिङ्गापुरमा हुने मेन्स एसियन गेम्स

भारत भ्रमणमा रहेका रुबियो उच्चस्तरीय भेटवार्तामा व्यस्त

नयाँ दिल्ली- अमेरिकी विदेशमन्त्री मार्को रुबियो भारत भ्रमणमा व्यस्त छन्

बैंकिङ कसुर मुद्दामा फरार एकजना पक्राउ

काठमाडौं– काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बैंकिङ कसुर मुद्दामा

जलजलाको सम्भावना उल्झाउने र समस्या सुल्झाउने धवलागिरिको प्रयास

म्याग्दी– प्रशस्त पर्यटकीय सम्भावना भएर पनि ओझेलमा परेको जलजलाको सम्भावना

‘ककरोच जनता पार्टी’ लाई काउन्टर दिन ‘ओगी जनता पार्टी’

काठमाडौं- भारतमा भाइरल भइरहेकाे ककरोच जनता पार्टीलाई काउन्टर दिन ओगी