आइओएमको प्रवेश परीक्षा स्थगित गर्न सर्वोच्चको अन्तरिम आदेश « Khabarhub

आइओएमको प्रवेश परीक्षा स्थगित गर्न सर्वोच्चको अन्तरिम आदेश


२० भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम)मा नयाँ भर्नाका लागि भोलि ( शनिवार) हुन लागेको प्रवेश परीक्षा स्थगित गर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ ।

न्यायाधीश तेज बहादुर केसीको एकल इजलासले भोलि हुने आइओएमको परीक्षा स्थगित गर्न अन्तरिम आदेश जारी गरेको हो ।

चिकित्सा शिक्षा ऐन विपरित आइओएममा परीक्षा हुन लागेको भन्दै आयुष ओझाले सर्वोच्चमा रिट हालेका थिए ।

उनको रिटमा चिकित्सा शिक्षा ऐन मा भएको प्रवाधान र अहिले विभिन्न सरकारी चिकसत्सा शिक्षण संस्थाबाट निकालिएको विज्ञापनको छलफल गर्नुपर्ने देखिएको भन्दै सर्वोच्चले आइओएमको परीक्षा रद्ध गर्न अन्तरिम आदेश दिएको हो ।

आइओएममा नयाँ भर्नाका लागि एमवीवीएस तहको प्रवेश परीक्षा भोलि सञ्चालन गर्ने तय गरेको थियो । तर सर्वोच्चले परीक्षा तत्काल रद्ध गरी २५ गते दुइपक्षलाई छलफलका लागी बोलाएको छ ।

चिकित्सा शिक्षा ऐनमा मेडिकल विद्यार्थीलाई ७५ प्रतिशत छात्रवृत्तिको व्यवस्था गरिएको भएपनि ऐन कार्यन्वयन नभएको भन्दै मेडिकल शिक्षा अध्ययनरत विद्यार्थीहरुले समेत विरोध गर्दै आएका छन् ।

प्रकाशित मिति : २० भाद्र २०७६, शुक्रबार  ४ : ३७ बजे

रास्वपा उपसभापतिद्वारा एमाले अध्यक्ष ओलीसँग भेट गरी समवेदना व्यक्त

भक्तपुर – राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति तथा काठमाडौँ क्षेत्र नं

इमानदारीता कम्तीमा ५ वर्ष कायम राख्न रविलाई प्रकाश सपुतको आग्रह

काठमाडौँ– गायकसमेत रहेका रास्वपाका नेता प्रकाश सपुतले पार्टी सभापति रवि

इरानको आणविक भट्टीमा भएको आक्रमण ‘पूर्ण रुपमा अस्वीकार्य’ : रुस

मस्को – रुसले बुधबार इरानको बुशहर आणविक ऊर्जा संयन्त्रमा ‘मिसाइल

इरानी गुप्तचर मन्त्री खातिबको मृत्यु भएको पुष्टि

काठमाडौँ – इरानका गुप्तचर मन्त्री इस्माइल खातिबको मृत्यु पुष्टि भएको

प्रधानसेनापति सिग्देलले गरे पूर्वप्रधान सेनापतिहरूसँग छलफल

काठमाडौं – प्रधानसेनापति अशोकराज सिग्देलले समसामयिक परिस्थितिका सम्बन्धमा पूर्वप्रधान सेनापतिहरूसँग