मेलम्ची आयोजनामा निषेधित क्षेत्र घोषणा, पाँच जनाभन्दा बढी भेला हुन नपाइने « Khabarhub

मेलम्ची आयोजनामा निषेधित क्षेत्र घोषणा, पाँच जनाभन्दा बढी भेला हुन नपाइने


२० भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मेलम्ची– मेलम्ची खानेपानी आयोजना स्थानीय कार्यालय वरपर प्रदर्शन गर्न निषेधित क्षेत्र घोषणा गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले आज आदेश जारी गर्दै सिएमसी कम्पनीका पीडितले सो कम्पनीबाट लिनुपर्ने बाँकी रकमको भुक्तानीको माग गरी प्रदर्शनमा उत्रेपछि निषेधित क्षेत्र घोषणा गरिएको हो ।

जिल्लास्थित मेलम्ची खानेपानी आयोजनाको कार्यालय, मुहान, सुरुङ क्षेत्रमा हुलदङ्गा र अशान्ति नमच्चाउन आग्रह गर्दै स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को ३(क) बमोजिम आजदेखि अर्को आदेश जारी नभएसम्म अम्बाथान, खानेपानी, ग्याल्थुम सुरुङ र सिन्धु सुरुङ जाने बाटोमा हुलदङ्गा र अशान्ति गर्ने उद्देश्यले पाँच जनाभन्दा बढी भेला हुन नपाउने आदेश जारी गरिएको छ ।

त्यस्तै अम्बाथानमा पूर्वतर्फ सामुदायिक वन, पश्चिमतर्फ मेलम्ची खोलाको पहरो, उत्तरमा पार गाउँ जाने बाटो र दक्षिणमा तीम्ब खोला वरपर २०० देखि ५०० मिटर आज ३ बजेदेखि अपराह्न ५ बजेसम्म र भोलि बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म अर्को व्यवस्था नहुञ्जेलसम्म जान निषेध गरिएको छ ।

मेलम्ची खानेपानी कार्यालयमा पूर्वमा इन्द्रवती खोलाको बगर पश्चिमतर्फ श्री नं २ जगदल गण, ब्यारेक कार्यलय, उत्तरमा परीचोक जाने बाटो र दक्षिणमा धितालबेँसी चोक २०० देखि ५०० मिटरसम्म पनि आज ३ बजेदेखि अपराह्न ५ बजेसम्म र भोलि बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म अर्को व्यवस्था नहुञ्जेलसम्म जान निषेध गरिएको छ ।

ग्याल्थुम सुरुङ पूर्वमा भुसुने पाखो, पश्चिमतर्फ ग्याल्थुम खोला, उत्तरतर्फ लाभ गाउँ र दक्षिण खरभूजे चोक २०० देखि ५०० मिटर क्षेत्रमा पनि भोलि बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म अर्काे व्यवस्था नहुञ्जेलसम्म जान निषेध गरिएको छ । यसैगरी ग्यालथुम सुरुङ जाने बाटोमा पूर्वमा थापाटोल लाभ गाउँ, पश्चिममा साल्मेचोक, उत्तरमा चिलौने बस्ती र दक्षिणमा सिन्धुखोलाको २०० देखि ५०० मिटर क्षेत्रलाई पनि भोलि बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म अर्को व्यवस्था नहुञ्जेलसम्मका लागि निषेधित क्षेत्र घोषणा गरिएको छ ।

प्रकाशित मिति : २० भाद्र २०७६, शुक्रबार  ४ : ५८ बजे

रास्वपा उपसभापतिद्वारा एमाले अध्यक्ष ओलीसँग भेट गरी समवेदना व्यक्त

भक्तपुर – राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति तथा काठमाडौँ क्षेत्र नं

इमानदारीता कम्तीमा ५ वर्ष कायम राख्न रविलाई प्रकाश सपुतको आग्रह

काठमाडौँ– गायकसमेत रहेका रास्वपाका नेता प्रकाश सपुतले पार्टी सभापति रवि

इरानको आणविक भट्टीमा भएको आक्रमण ‘पूर्ण रुपमा अस्वीकार्य’ : रुस

मस्को – रुसले बुधबार इरानको बुशहर आणविक ऊर्जा संयन्त्रमा ‘मिसाइल

इरानी गुप्तचर मन्त्री खातिबको मृत्यु भएको पुष्टि

काठमाडौँ – इरानका गुप्तचर मन्त्री इस्माइल खातिबको मृत्यु पुष्टि भएको

प्रधानसेनापति सिग्देलले गरे पूर्वप्रधान सेनापतिहरूसँग छलफल

काठमाडौं – प्रधानसेनापति अशोकराज सिग्देलले समसामयिक परिस्थितिका सम्बन्धमा पूर्वप्रधान सेनापतिहरूसँग