मिथिलाका थारु बस्तीमा तिलासक्रायतको चहलपहल | Khabarhub Khabarhub

मिथिलाका थारु बस्तीमा तिलासक्रायतको चहलपहल


२९ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

महोत्तरी – यहाँका थारु बस्तीमा अहिले तिलासक्रायत पर्वको चहलपहल छ । मधेसको मिथिला क्षेत्रमा माघे सङ्क्रान्तिका दिन मनाइने यो पर्व थारु समुदायको मुख्य पर्व मानिन्छ । अन्त यसलाई ‘माघी’ भन्ने गरिए पनि मिथिला क्षेत्रका थारुले ‘तिलासक्रायत’ भन्ने गर्छन् ।

यस पर्वमा थारु समुदाय घरको लिपपोत तथा रङरोगन गर्छन् । चिउरा, मुरी, जुनेलो र तिलका ‘लाई’ (सख्खरको खुँदोमा मिलाएर बनाइने लड्डु) र माछा र मासुका परिकार बनाउने गर्छन् । घोंगी, माछाका सुकुटी, सिद्रा, खसी, कुखुरा र हाँसको मासु पर्वमा अनिवार्य मानिन्छ ।

यो पर्व थारु समुदायले नयाँवर्षका रुपमा मनाउँछन् । पर्वमा सङ्क्रान्तिका दिन आपसी लेनदेनको हरहिसाब गर्ने र घरका नयाँ कामको योजना बनाउने चलन छ । यस पर्वमा छोरीचेली, ज्वाइँचेला, भाञ्जाभाञ्जी, नातिनातिना सबैलाई बोलाउने र गच्छेअनुसार लत्ताकपडा, दक्षिणा दिने चलन छ । यो पर्व आफ्नो समुदायको मुख्य पर्व भएकाले रमाएर मनाइने भङ्गाहा नगरपालिकाका उपप्रमुख शान्तिसिंह थारु बताउँछन् ।

थारु महिला चित्रकलामा निपूण मानिन्छन् । पर्वमा सबैले घरका भित्तामा आकर्षक चित्र बनाउँछन् । यस पर्वलाई आपसी सम्बन्ध प्रगाढ बनाउने अवसरका रुपमा लिने थारु समुदायको चलन छ । पर्वका दिन बिहानै घरमूलीले नुवाइधुवाइ गरी दालचामल छोएर बस्तीभरिका मान्यजनलाई ढोगभेट गर्दै आशिर्वाद लिने चलन छ । यसअघि कुनै कुरामा चित्त दुखे दुखाएको रहेछ भने यसपर्वमा आपसमा अङ्कमाल गरेर पुराना मन भाँचिएका कुरा बिर्सन अनुरोध गर्छन् । यो पर्वको विशेषपक्ष नै यही भएको भङ्गाहा–७ का स्थानीय चन्द्रनारायण सिंह थारु बताउँछन् ।

थारु पुरुष धोती, कुर्था र कछाड लगाउँछन् । टाउकामा गम्छाको पगरी लाउने गर्छन् । थारु महिलाले चोलो, सारी र मजेत्रोमा सजिन्छन् । गहनाको रुपमा हातमा कल्ली, घाँटीमा हसुली महिलाले लगाउने गर्छन् । पर्वका दिन सामूहिक रुपमा नाचगान गर्ने चलन छ । जिल्लाको भङ्गाहा र गौशाला नगरपालिका थारु समुदायको बाहुल्य भएका क्षेत्र हुन् ।

प्रकाशित मिति : २९ पुस २०८१, सोमबार  ८ : ३८ बजे

पार्टीको सिद्धान्तबारे जनतालाई बुझाउन सके बहुमत प्राप्त हुन्छ : देउवा

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले पार्टीको सिद्धान्तबारे जनतालाई

माधव ढुंगेलको तर्क- पूर्वराष्ट्रपतिलाई चुनावबाट होइन, सर्वसम्मत अध्यक्ष बनाउनुपर्छ

काठमाडौं- नेकपा एमालेका केन्द्रीय सदस्य एवम् संगठन विभाग सचिव माधव

अमेरिकाको वेल्स फार्गो बैङ्कका कर्मचारीलाई ‘आपराधिक अभियोगमा’ चीन छोड्न प्रतिबन्ध

बेइजिङ- साङ्घाईमा जन्मिएका अमेरिकी बैङ्क वेल्स फार्गोका प्रबन्ध निर्देशक चेन्यु

१२ लाख बढी चोरी गरेको आरोपमा एक जना पक्राउ

कास्की– १२ लाख भन्दा बढी नगद चोरीमा संलग्न रहेको आरोपमा

अफगानिस्तानमा बालबालिकालाई लक्षित गर्दै पोलियो खोप अभियान सुरु

काठमाडौं- अफगानिस्तानको अन्तरिम सरकार अन्तर्गतको स्वास्थ्य मन्त्रालयले देशभर पोलियो रोगको