आज २०८१ साल माघ १ गते मंगलबारको राशिफल | Khabarhub Khabarhub

आज २०८१ साल माघ १ गते मंगलबारको राशिफल


१ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८१ साल माघ १ गते मंगलबार तदनुसार सन् २०२५ जनवरी १४ तारिख। माघ कृष्ण पक्षको प्रतिपदा तिथि। माघे संक्रान्ति। माघी मेला। देवघाटमा १२ वर्षे कुम्भ मेला सुरु। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : आम्दानीका दृष्टिले दिन राम्रो छ। इज्जतमा भने दाग लाग्ने जोखिम छ। कानुनी सजाय हुनसक्छ। उत्तरको लामो यात्रा नगर्नु राम्रो हुनेछ। राजनीतिक क्षेत्रमा संलग्न भए नेतृत्वले साथ दिँदा संकटमा राहत मिल्नेछ।

वृष : थोरै बोलेर काम गर्नुपर्ने दिन छ। परिवारमा गोपनीयता सार्वजनिक गरेमा अप्ठेरो परिस्थिति बन्नसक्छ। व्यापारमा साझेदारसँग सहयात्रा गरेमा फाइदा हुनेछ। विदेशमा लगानी गरेको भए फाइदा हुनेछ।

मिथुन : धनलक्ष्मी योग परेको छ। सम्पत्तिको सदुपयोग गरेमा नाफा हुनेछ। धार्मिक व्यक्तिसँगको भेटले मन शान्त बन्नेछ। शिक्षामा गरेको लगानीबाट फाइदा होला। परिवारलाई व्यवस्थापन गर्न नसक्दा खटपटी बढ्नेछ।

कर्कट : दिन राम्रो छ। तपाईंको राशिमा चन्द्रमा पुगेकाले मनमा शान्ति मिल्नेछ। सम्पत्तिको जोसमा बोल्दा सचेत हुनुपर्नेछ। परिवारभित्र गोपनीयता भंग गरेमा अप्ठेरो परिस्थिति बन्नेछ। राजनीतिक क्षेत्रमा अवसर प्राप्त हुनेछन्।

सिंह : सञ्चित धन खर्च हुनेछ। पश्चिमको लामो यात्रा नगर्नु राम्रो हुनेछ। स्वास्थ्यमा सुधार हुनेछ। परिवारमा मेलमिलाप हुने योग छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। साथीको सहयोगमा महत्त्वपूर्ण काम बन्नेछ।

कन्या : दिन सहज छ। आफ्नो कामबाट सन्तुष्टि मिल्नेछ। विपक्षी साथीले प्रशंसा गरेको सुन्न पाइनेछ। घरपरिवारसँग रमाइलो यात्रा तय हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

तुला : दिन सामान्य राम्रो छ। शिक्षामा गरेको प्रयास सफल बन्नेछ। मेहनत थप गर्नुपर्ने अवस्था छ। विपक्षी साथीको साथ र सहयोग प्राप्त हुने योग छ। खानपानमा ख्याल नगर्दा रोगले सताउने जोखिम छ।

वृश्चिक : दिन सामान्य राम्रो छ। लगानी गरेको भए दीर्घकालसम्म आम्दानी हुनेछ। शिक्षाको क्षेत्रमा सफलता मिल्ने योग छ। साना कुराले मन अशान्त बन्नसक्छ। बिहान उठेर पिपलको दर्शन मात्र गरेमा दिन सहज बन्नेछ।

धनु : तपाईंको बोली नै गोली बन्ने योग रहेकाले बोल्नु अगाडि सचेत बन्नुपर्नेछ। रमाइलो गर्ने नाममा गलत शब्द सार्वजनिक हुँदा साथीभाइ रुष्ट बन्नेछन्। स्वास्थ्यको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। उत्तरको लामो यात्रा नगर्नु राम्रो हुनेछ।

मकर : दिन सामान्य छ। सञ्चित धन खर्च हुनसक्छ। चिट्ठाको लोभमा नपर्नु राम्रो हुनेछ। दाजुभाइसँगको सहकार्यले व्यापारमा फाइदा हुनेछ। परिवारको सल्लाह अनुसार अगाडि बढेमा दिन सहज बन्नेछ। दान गरेर दिनको सुरुवात गरेमा फाइदा हुनेछ।

कुम्भ : दिन सामान्य छ। बौद्धिक व्यक्तिले दिएको सुझाव कार्यान्वयन गरेमा दिन सार्थक बन्नेछ। शान्त भएर अगाडि नबढेमा आलोचना हुने जोखिम छ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गरेमा फाइदा हुनेछ।

मीन : दुर्घटनाबाट बच्ने दिन छ। धार्मिक व्यक्तिले दिएको सुझावले मन शान्त बन्नेछ। परिवारले दिएको सल्लाह अनुसार अगाडि बढेमा काम बन्नेछ। गणेशको भजन सुनेर दिनको सुरुवात गर्नु राम्रो हुन्छ।

प्रकाशित मिति : १ माघ २०८१, मंगलबार  ५ : ०८ बजे

पूर्व प्रधानमन्त्री र पार्टी प्रमुखहरूले आत्मालोचना गर्दै बिदा लिनुपर्छ : नेता रावल

काठमाडौं – नेकपा (एमाले)का नेता झपट रावलले वर्तमान राजनीतिक दलका

रास्वपाले पार्टीको झण्डा आधा झुकाउने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को भर्चुअल माध्यमबाट बसेको केन्द्रीय

संयुक्त राष्ट्रसङ्घ प्रतिवेदन: दक्षिण सुडानमा अर्बौं डलर भ्रष्टाचार

नैरोबी – संयुक्त राष्ट्रसङ्घको एक रिपोर्टले दक्षिण सुडानका सरकारी अधिकारीहरूले

‘जेनजी’ आन्दोलनका क्रममा कर्णालीमा ५२ वटा भौतिक संरचना र ४५ सवारीसाधनमा आगजनी

सुर्खेत – ‘जेनजी’ आन्दोलनका क्रममा कर्णालीमा ५२ वटा भौतिक संरचना

तोडफोड तथा आगजनी गर्नेलाई खोज्दै प्रहरी

चितवन – जेनजी आन्दोलनमा तोडफोड, आगजनी र लुटपाटमा संलग्नको खोजीमा