देवघाटमा स्नान गर्नेको घुइँचो (तस्बिरहरू) « Khabarhub

देवघाटमा स्नान गर्नेको घुइँचो (तस्बिरहरू)


१ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

नवलपरासी– हिन्दू धर्मावलम्बीहरूको पवित्र तीर्थस्थल देवघाटधाममा माघे सङ्क्रान्ति स्नान गर्न आउने तीर्थालुको घुइँचो लागेको छ ।

तीर्थालुको सुविधाका लागि गैँडाकोटबाट निःशुल्क डुङ्गाको व्यवस्था गरिएको छ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व), तनहुँ र चितवनमा पर्ने कालीगण्डकी र त्रिशूली नदीको सङ्गमस्थल देवघाटको बेनीमा स्नान गर्न जान जिल्लाको गैँडाकोट–३ नम्बर वडा कार्यालयले निःशुल्क डुङ्गाको व्यवस्था गरेको हो ।

मुक्तिनाथबाट बग्दै आएकी कालीगण्डकी नदी र गोसाइँकुण्डबाट बग्दै आएकी त्रिशूली नदीको सङ्गमस्थल देवघाटधाममा माघे सङ्क्रान्ति पर्वका अवसरमा लाखौँ भक्तजन आउने गर्छन् ।

चितवन, तनहुँ र नवलपरासीमा पर्ने कालीगण्डकी नदी र त्रिशुली नदीको सङ्गलमस्थल पवित्र तिर्थस्थल देवघाट वेणीमा मङ्गलबार बिहान मकर (माघेसङ्क्रान्ति) स्नान गर्दै भक्तजन ।
कालीगण्डकी र त्रिशुली नदीको सङ्गलमस्थल पवित्र तिर्थस्थल देवघाट वेणीमा मङ्गलबार बिहान मकर (माघेसङ्क्रान्ति) स्नान गर्दै भक्तजन ।
चितवन, तनहुँ र नवलपरासीमा पर्ने कालीगण्डकी नदी र त्रिशुली नदीको सङ्गलमस्थल पवित्र तिर्थस्थल देवघाटमा मङ्गलबार माघेसङ्क्रान्तिका दिन ब्रतवन्ध गर्नका लागि निर्माण गरिएका यज्ञमण्डप(जग्गे) । माघेसङ्क्रान्तिका दिन शुभ हुनेहुँदा सयौंको संख्यामा बटुकहरुलाई देवघाटमा लगेर ब्रतवन्ध गरिन्छ ।
दाङ देउखुरीको लमही नगरपालिका-९ स्थित रिहारधाममा रहेको तप्तकुण्डमा माघ स्नान गर्दै भक्तजन । कुण्डमा रहेको तातोपानीमा नुहाउदा छाला सम्बन्धि रोग निको हुन्छ भन्ने जन विश्वास रहेको छ ।
सप्तकोशी नदीको किनारामा रहेको सुनसरीको प्रसिद्ध तिर्थस्थल बराहक्षेत्र चतराधाममा मकर स्नान गर्दै भक्तजन ।

तस्बिरहरू : रासस

प्रकाशित मिति : १ माघ २०८१, मंगलबार  १० : ०३ बजे

विश्वकपका रेफ्रीलाई अमेरिकाले प्रवेश रोकेकोमा सोमालियाको आपत्ति

मोगादिसु – सोमालियाको फुटबल महासंघले आफ्ना पुरस्कार विजेता रेफ्री ओमार

सुनचाँदीको मूल्यमा भारी गिरावट, कतिमा भइरहेछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा सुनचाँदीको मूल्यमा ठूलो गिरावट आएको छ। नेपाल

रास्वपाको चुनावी भिडियो विवाद: ‘हामी दिदी-भाइ हौँ, व्यक्तिगत सम्बन्धसँग जोड्नु निन्दनीय’

अर्घाखाँची – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अर्घाखाँचीको जिल्ला अधिवेशनका क्रममा

जवाफ थाहा भएका प्रश्नले किन पिरोल्छ ?

एकपटक नौ अङ्कले आठ अङ्कलाई थप्पड हान्यो । पीडा सहन

थाइल्यान्डसँग ५६ रनले पराजित हुँदै नेपाल प्रिमियर कपको क्वार्टरफाइनलबाटै बाहिरियो

काठमाडौँ – मलेसियामा जारी एसीसी महिला प्रिमियर कपको क्वार्टरफाइनलमा थाइल्यान्डसँग